काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन फागुन ७ नजिकिदै गर्दा सभापति को बन्ला ? भन्ने जिज्ञासा पनि बढेर गएको छ । तर सभापति देउवाले आफ्नो पकड बलियो बनाउन विभिन्न समिति, विभागमा मनोनित गर्दै र आफन्तलाई ढिक्का पार्दै अभेद्य किल्ला बनाइसकेको खबर छ । देउवा इतरका नेताहरु गगन थापा, कृष्ण सिटौला, सशांक कोइराला, प्रदीप पौडेल, भीमसेन दास प्रधान, उमाकान्त झा, शिव हुमागाईं, रामचन्द्र पौडेल असफल आपत्ति जनाइरहेका छन् ।
झट्ट हेर्दा सभापति शेरबहादुर देउवालाई परास्त गर्न बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटोलादेखि अजुृन नर्सिङ केसीसम्म लागेका छन् । यता कोइराला बिराशतका बाँकी ३ नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला पनि भित्रभित्रै देउवालाई परास्त गरेर वीपीको बिरासत कोइारला परिवारमा ल्याउनै पर्ने एजेण्डासहित कार्य गरिरहेका छन् ।
देउवाको निरङ्कूशतन्त्रले नेपाली कांग्रेस कमजोर बन्दै गएको र कम्युनिष्टले लतारेको ठान्ने युवा कांग्रेसीहरु दोस्रो पुस्तामा नेतृत्व आउनैपर्ने माँग गरिरहेका छन् । तर, देउवाका सामु सतिसाल भएर उभिनसक्ने कुनै पनि युवा नेता क्षमतावान देखिदैनन् ।
जे जति युवा कांग्रेसीहरु छन्, ती कुनै न कुनै बुढा नेताको दौराको फेर समातेर बसेका छन् । सभापति देउवाले आपूmलाई वीपीको सच्चा अनुयायी बताइरहेका छन् भने वीपीका सिद्धान्तहरु कुल्चेर आफ्नो बिरासत बचाउन अनेक जालझेल पनि गरिरहेका छन् । सत्तामा कांग्रेस हुँदा वा नेकपा सत्तामा हुँदा पनि अनेकन भ्रष्टाचारमा कांग्रेस मुछिनेक्रम जारी छ । यो अवस्थाले कम्युनिष्टका हजार गल्ती कमजोरीबाट पनि प्रतिपक्षीका भूमिकाको कांग्रेस जनभावना जितेर मजबुत जनआस्था र संगठन निर्माण गर्न सकिरहेको छैन । कुशासनले नेकपाको सरकार डुङ्डुङ्ती गनाइसक्दा पनि प्रतिपक्षीप्रति जनआस्था नबढ्नुको मुख्य कारण नेतृत्वको असफलता नै हो भन्ने सबै कांग्रेसीहरुले बुझेका छन् तर पार्टीलाई मजबुत पार्नका लागि सवल र सक्षममात्र होइन, युवा नेता पनि नेतृत्वमा आउनुपर्छ भन्ने धारणमा धार लाग्न सकेको छैन ।
सभापति देउवाले आफ्नो पक्षलाई यति मजबुत पारेर राखेका छन् कि ती एकढिक्का देखिन्छन् । यता आफ्ना प्रतिपक्षीहरु फुटेर गुट गुटमा परिणत भएर कमजोर देखिन्छन् । देउवा इतरका नेताहरु जसरी पनि देउवालाई हराउनै पर्ने भनिरहेका छन् र गुटबाजी गरेर देउवालाई नै सघाइरहेका छन् । कांग्रेसभित्र जति गुटबाजी हुन्छ, त्यत्ति सभापति देउवाका लागि अधिवेशनमा चुनाव जित्ने बलियो आधार निर्माण भइरहेको मान्नुपर्छ । १४औं महाधिवेशन १३मा जस्तै सभापति देउवाको पक्ष मजबुत देखिन थालेको छ । कोइरालाहरुले टाउकै फोडे पनि देउवा इतरलाई एकतावद्ध पार्न नसक्ने र देउवा नै चुनाव जित्ने बलियो उमेदवारका रुपमा छन् । चमत्कारको सम्भाबना कम छ, चमत्कार नभए कांग्रेसको १४औं महाधिवेशन देउवाकै पक्षमा जाने पक्का छ ।


