Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

७० करोडको धमाका, साउने लुतो रे

२६ सोमबार , श्रावण २०७७६ बर्ष अगाडि

   काठमाडौं । ७० करोडको भ्रष्टाचार आरोपमा मन्त्रीपद गुमाएका प्रधानमन्त्रीका चहेता नेता गोकुल बास्कोटाले मनको आवेग रोक्न नसकेर प्रचण्ड कित्तालाई ‘हेरम्ला, साउने लुतोको हबिगत’ भनेर प्रधानमन्त्रीलाई दाह्रासिङ् बनाउनु भएको छ । उहाँको टिप्पणी छ– ‘टवाङ्ग टवाङ सिङ जुधायो रन्थनियो अनि फेरि सिङ ठोक्यो । लडे भो सकेजति भनेर प्रधानमन्त्रीलाई हराउने नसक्ने जनाउ दिनुभएको छ ।
बास्कोटाले प्रचण्डतिर इसारा गरेर भन्नुभएको छ– ढाडमा टेकेर टाउकोमा हान्ने नीतिको युग सकियो । आफुले बोकेको घन आफ्नै टाउकोमा बजारिएला ? 
०५४ को झझल्को पो आउन थाल्यो त नेकपामा । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ ? भनेर प्रश्नसमेत गर्नुभएको छ ।
अर्थात नेकपा फुट्ने प्रधानमन्त्रीको संकेत बास्कोटोका मुखबाट आएको त होइन ? नेकपाभित्रको राजनीति बुझ्ने र पूर्व एमाले पंक्ति मन फुटिसकेपछि अब जोरिएको स्वाङ् गनुृको औचित्य छैन । कसले पत्याउँछ र ? भन्न थालेका छन् ।