काठमाडौं । नेपाल–चीनवीचको दौत्य सम्बन्ध रहेको ६५औं वर्षगाँठका उपलक्ष्यमा चिनियाँ राष्ट्रपतिले भने– नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ बताउनु भएको छ भने नेपालका प्रधानमन्त्री केपी ओलीले सम्बन्ध र नेपालको सार्वभौमिकतालाई चीनले सम्मान गरेको अभिव्यक्ति दिएर नेपालमाथि हस्तक्षेपकारी भूमिका खेल्नेहरुलाई कूटनीतिक जोल्ट दिनुभएको छ ।
सिन्ह्वाका अनुसार चीन नेपालसँग मिलेर काम गर्न इच्छुक छ । ताकि दुवै द्वीपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् । यसरी चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश पठाउनु भएको छ ।
सीको बधाई सन्देशमा सँगै अघि बढदा दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकिने छ । स्मरणीय छ, नेपाल–चीनवीच नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन १९६० मा चाउएनलँई नेपाल आउँदा टोपी लगाएर भन्नुभएको थियो– सिमानामा चीनको अलिकति भूभाग नेपालतिर परेर चीनलाई फरक पर्दैन, चीन र नेपालवीच एउटा नदी र एउटा डाँडोले जोडिएको छ । एकापसको सम्मान र सम्बन्ध महत्वपूर्ण छ । परराष्ट्रका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । नागरिक स्तरमा पनि बधाई दिइयो । सबे स्तरको बधाईमा चीन र चिनियाँ जनताको खुशीको कामना गरिएको छ ।
नेपालले पठाएको बधाई सन्देशमा– राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण गरिएको छ । चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरिएको छ । र, कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सबै स्तरका बधाई सन्देशमा चीनको सह्राहना गरिएको छ ।
पुनस्च ः राष्ट्रपति सीको नेपाल भ्रमणका अवसरमा राजनीति र कूटनीतिभित्र जुनप्रकारको सन्देशको आदान प्रदान भएको थियो, कोरोना महामारीका कारण उद्देश्य पछि धकेलिए पनि त्यो विश्वास कार्यरुपमा अगाडि बढ्ने र नेपालमा जुन प्रकारको विदेशी हस्तक्षेप, अराजकता र अस्थिरता बढेको छ, राजनीतिक सन्तुलन र नेपालको सार्वभौमिकताका लागि ठोस काम हुने अपेक्षा गर्न गर्न सकिन्छ ।


