Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यी हुन् सीके राउत उफार्ने सेठ्ठी

०१ मंगलबार , असार २०७२९ बर्ष अगाडि

नाम एमनेस्टी इन्टरनेशनल, मिसन नेपालको बिखण्डन गर्ने। स्केण्डीनेभियन मुलुकले सीके राउतलाई डलर दिएर नेपाल टुक्य्राउन खोजेको खुलासा भएको केही समयभित्रै एमनेस्टी इन्टरनेशनल नेपालमा भुइँचालो गएको छ। नेपालका अधिकारवादी कृष्ण पहाडीले एमनेष्टी इन्टरनेशनल र एसिया प्याशिफिक डाइरेक्टर रिचार्ड, महासचिव सलिल सेठ्ठी र प्रमुख निर्देशक मिनारलाई प्रश्न गरेका छन्– सीके राउतको मानवाधिकार कि घृणात्मक अभिव्यक्ति? देश टुक्य्राउने अभियान चलाउनुका साथै देशलाई वेश्या र महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिने डा.सीके राउतको एमनेस्टीले समर्थन गर्न मिल्छ? र, कृष्ण पहाडीका साथै बहुमत पदाधिकारीले एमनेस्टी इन्टरनेशनल परित्याग गरेका छन्। यिनले संस्था छाड्न किन यति लामो समय लिए? यो प्रश्न पनि गम्भीर छ।
विवाद लामो समयदेखि चलिरहेको थियो। अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको सीमाभित्र राउतका क्रियाकलाप पर्छ कि पर्दैन भन्ने विषयमा विवाद चर्किएको थियो। सीके राउतका अभिव्यक्ति र क्रियाकलाप अधिकारको क्षेत्रभित्र पर्दैन भन्ने निष्कर्षमा पहाडीलगायत पुगेको अवस्था छ। यिनको थप प्रश्न छ– सेठ्ठी भारतीय मूलका व्यक्ति हुन्। उनी काश्मीरी पृथकतावादीका विषयमा मुख खोल्दैनन् तर सीके राउतलाई धाप दिन्छन्, किन? सेठ्ठी नेपाललाई बिखण्डन गराउने अभियानमा लागेका देखिन्छन्। यसको अर्थ सेठ्ठी एमनेष्टीका लागि होइन भारतका लागि काम गर्छन्। पूर्व एमनेस्टी नेपाल प्रमुख कृष्ण कडेलले पनि मुख खोलेका छन्। उनले संस्थाको नेपालप्रतिको नियतमै शंका गरेका छन्। उनले नन्दप्रसाद अधिकारीको अनसनरत अवस्थामै मृत्यु हुँदा एमनेस्टी किन बोलेन? एमनेष्टीको आवरणमा सीके राउत र जनजाति उचालेको विरोधमा नेपाल शाखाका प्रताप पौडेल, डिकप्रसाद घिमिरे, प्रवीण अग्रवाल, अजुृन अधिकारी, पद्ममनी थापा, मञ्जुदेवी अर्याल, शेषकुमार निरौला र हेरम्बदेव भट्टराईले राजीनामा दिएका छन्।