विद्यादेवी भण्डारी नेकपाभित्रको झगडामा यसरी मुछिदै जानु भएको छ कि उहाँ राष्ट्रपति कि नेकपा पति भन्ने प्रश्न उठ्न थालेको छ ।
नेकपाभित्र सचिवालय, स्थायी समिति बैठकमा सत्ता संघर्षको किचलो जति बढ्दै जान्छ, नेकपाका नेताका लागि उजुरी सुन्ने केन्द्रका रुपमा शीतल निवासमा राज हुनुभएकी राष्ट्रपति त्यति नै व्यस्त हुन थाल्नु भएको छ ।
भूकम्पको पुननिर्माण के भइरहेछ ? मेलम्चीको पानी किन आएन, कर्मचारी कामदार मरेको खबर आयो ? कोरोनाको परीक्षण, उपचार किन व्यापक हुनसकेन ? बाढी पहिरोको क्षतिबारे राष्ट्रपतिले जानकारी लिने, स्थलगत पुगेर पीडितलाई भेट्ने, राहतका प्याकेजमा सक्रिय हुने केही पनि भूमिका देखिदैन । राष्ट्रपति खाइरहनु भएको छ, सुतिरहनु भएको छ र नेकपाको झगडा सुनिरहनु भएको छ ।
आमनागरिकले राष्ट्रपति महला हुनुहुन्छ, राष्ट्रमाताले केही त गर्नुहोला भन्ने आशासम्म गर्न पाएका छैनन् । राष्ट्रपति कस्ता हुन्, जसलाई न राष्ट्र, न जनताको पीडा, न देशको अप्ठेरो, समस्या दुख्छ ?
यता केपी ओली र प्रचण्ड गुट चोेचोमोचो मिलेजस्तो, नमिलेजस्तो, बैठक सरिरहेका छन् । के हुन्छ, केही भन्ने अवस्था छैन । देश कोरोना र बाढी पहिरोको विपतमा छ, सरकार ढाल्ने र बचाउने खेल खुमलटारदेखि बालुवाटारसम्म चलिरहेकै छ । कस्तो गैरजिम्मेवारी ?
राष्ट्रपतिसँग डेढघण्टा कुरा के भयो, भन्न सकेनन् । केपी ओली र विष्णु पौडेलले परिवन्दमा पारेर मलाई राष्ट्रपतिकोमा लगे । प्रचण्ड यसरी रोइरहेका छन् । ओलीले छिटो महाधिवेशनको प्रस्ताव गरेका छन्, यही प्रस्तावमा सत्ता झगडा ओली र प्रचण्ड कित्ताको तातो सेलाउन थालेको छ । ओलीले के भने, प्रचण्डको आक्रोश किन मत्थर हुँदैगयो, प्रचण्ड गुटमा अविश्वास बढेको छ । माधव नेपालसमेत गर्जिन पुगेका छन् । प्रचण्ड आफ्नै गुटमा कुनै सहमति नभएको प्रष्टिकरण दिएर थाकिसकेका छन् । प्रचण्ड ठूलै दृश्य अदृश्य माखेसाङ्गलोमा फसेका छन् ।
खुमलटार भेलामा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, पम्फा भुसाल, रघुजी पन्त, भीम आयार्च, बेदुराम भुषालहरुको जमघट र प्रचण्डको नियतका बारेमा संशय बाक्लिएको छ । केपी ओलीलाई लतार्न प्रचण्ड पूर्णतः असफल भएका छन् ।
सवाल अव पार्टी अध्यक्ष को हुने भन्नेमा पनि केन्द्रित छ । ओलीले आफू चुनाव नउठ्ने भने पनि प्रचण्डलाई अध्यक्ष कुनै हालतमा बन्न नदिने बताइदैछ । अरु केही महिना प्रचण्डलाई ओली फाल्न सफलता मिलेन भने राजनीतिक जीवन नै संकटमा पर्ने अवस्था आउने खतरा देखिएको छ ।
वार्ताको आह्वान गरौं
काठमाडौं । भारतले नेपाल विज्ञको रुपमा चिनेको व्यक्तित्व हुन्– भारता लागि नेपालका पूर्व राजदूत डा.लोकराज बराल ।
असार १४ गते भारतले सरकार ढाल्न खोजेको र असार २९ गते भानु जयन्तीका दिन भगवान राम नेपाली हुन्, जन्मभूमि पर्साको ठोरीतिर छ भनेर प्रधानमन्त्रीले यो अवस्थामा बोल्नु नहुने भन्दै डा.बरालले सरकारलाई सुझाव दिएका छन्– उडन्ते कुरामा नलागौं, वार्ताका लागि आह्वान गरौं ।
डा.बरालले नेपाल–भारत सम्बन्ध खलबल्याउने कामा भइरहेको, यस्तो बेलामा संवेदनशील विषय उठाउनु हुँदैनथ्यो, नेपालमा भारत वा अमेरिका जसले मौका पाउँछ गरिहाल्छन्, नेपालमा भारतले चाहे अनुसार सरकार बन्छ वा ढल्छ भन्ने गलत हो भन्दै हामीले आफ्नै घरभित्र झगडा गरेर बाटो बिराइरहेको उहाँको निष्कर्ष छ ।


