Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दुईपल्ट चुन्नेले नै अव फाल्ने ?

०५ सोमबार , श्रावण २०७७६ बर्ष अगाडि

काठमाडौं । विद्यादेवी भण्डारीभन्दा अर्को कुनै व्यक्ति थिएनन् राष्ट्रपति बन्न योग्य ? प्रधानमन्त्री केपी ओलीका सामु मरीच चाउरिएजसरी चाउरिएका पूर्वएमालेका नेताहरु ओलीले दुई दुई पल्ट विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउँदा चुँइक्क बोल्न सकेनन् । अहिले आएर उनै प्रधानमन्त्री ओलीसँगै राष्ट्रपतिलाई पदच्यूत गर्न प्रचण्डको सहारा लिइरहेका छन् । अनि प्रधानमन्त्री केपी ओलीले किन सहने ? किन राजीनामा दिने, किन आफैले बनाएको राष्ट्रपतिविरुद्धको साजिसलाई सहज पारिदिने ? प्रचण्ड पार्टी अध्यक्ष, माधव नेपाल र वामदेव गौतम पालैपालो प्रधानमन्त्री, झलनाथ खनाल राष्ट्रपति, सहयोगीलाई रोजीरोजी मन्त्री पाउने लोभमा फसकेकाहरु ओलीको राजनीतिक घट्टमा फनफनी घुमिरहेका छन् ।
अन्ततः प्रचण्डलाई समेत ओलीले लतारेर सहमतिमा पु¥याए । पटक पटक तिनै राष्ट्रपतिका सामु लगेर थचार्नु थचारे । निकै उक्सेर माधवकुमार नेपालहरु पनि पुगेका थिए, तिनको पनि दाल गलेन । गल्यो प्रचण्ड गुट गल्यो ।
छाड्नै परे भनेर केही समय अघि खोसिएको सत्ता र पलेटी कसेको सत्ताधारी ३ र विदेशी शक्तिवीच शीतल निवासमा गुप्तगु भयो । यो गोप्य बैठकको निष्कर्ष भित्रभित्रै तातेको छ । भन्न सकिन्न, राजनीतिले कता कोल्टे पनि फेर्ने हो ?