काठमाडौं । चीनले भारतलाई रोक्नैपर्ने, भारतलाई केपी ओलीको सरकार चीनको इसारामा चलेकोले फाल्नैपर्ने, प्रचण्ड–माधव–झलनाथ–वामदेवलाई ओलीलाई सत्ताबाट खगारेर आफू स्थापित हुनैपर्ने, मानौं कौरव र पाण्डवको वीचमा महाभारत युद्धको शंखघोष भएको छ । कृष्ण छैनन्, देशभित्र र बाहिरका सकुनीहरु युद्ध चर्काउन आगोमा घ्यू हालिरहेका छन्, नेपाल सत्तायुद्धको मैदान बनेको छ ।
यसैका लागि चीनबाट पत्रकारका रुपमा विशेष मिसनसहित झाङ सङ् आएका थिए भने राष्ट्रपति राष्ट्रपतिवीच, राजदूतले राष्ट्रपति प्रधानमन्त्री, अध्यक्षसँगको भेट र प्रशिक्षण कार्यक्रमहरुसमेत सञ्चालनमा आएका थिए । भारतमात्र के कम ? श्यामशरणले काठमाडौंमै डेरा जमाएर राजनीतिक र कूटनीतिक कानेखुशी गरे भने उच्चस्तरीय भारतीय टोली नै आएर प्रचण्ड–माधव–झलनाथ–वामदेवलाई केपी ओलीको प्रधानमन्त्रीत्व र अध्यक्षता दुबै खोस्ने प्रपञ्च गरिरहेकै छन् । प्रधानमन्त्रीका अनुसार त राष्ट्रपतिलाई समेत महाभियोग लगाएर फाल्ने कुरा आयो र त्यो पदमा झलनाथ खनाललाई स्थापित गर्ने योजनाको चर्चा चल्यो । हिन्दीमा उखान छ– जितनी रामने चावी भरी, उतनी
चली खिलौना ।
खेल सकिएको छैन । खेल जारी छ । स्रोत भन्छ– भारतको भारतको नेसनल सेक्युरिटी एजेन्सीका प्रतिनिधिहरु नेपाल आएका हुन् । नेपाल सरकारलाई यो टोली र यसका क्रियाकलापका बारेमा पल पलको खबर छ । एक होटलबाट यो टोलीले उचालपछार गरिरहेको छ, नेकपाका नेताहरु चर्कने र झर्कने गरिरहेका छन् ।
यो टोलीको सिधा सम्पर्कमा छन्– प्रचण्ड कित्ता । यो टोलीले होटल सोल्टीमै प्रचण्ड कित्तासँग बिशेष छलफल गरेको थियो । कांग्रेसका नेता विमलेन्द्र निधि र कृष्ण प्रसाद सिटौला पनि सम्पर्कमा छन् । राजदूत विनयमोहन क्वात्राको सक्रियता पनि यतिखेर बढेको छ । स्रोत भन्छ– रक्षा मन्त्री राजनाथ सिंह र प्रम मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले ओली सरकार ढाल्न यो टोली पठाएका हुन् । यो टोलीले ललितपुरको भिभान्ता र काठमाडौंको मेरियट होटलबाट काम गरिरहेको छ । यो सब देखेरै प्रधानमन्त्री ओलीले होटल होटलमा सरकार ढाल्ने खेल भइरहेको छ, दिल्लीको प्रचार र सरकार विरोधीहरुको स्वर मिलेको दावी गरेका थिए । दिल्लीले सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्तिलाई लिएर प्रचण्ड कित्ता ओली सरकार ढालेर सत्ताको लगाम लिन र दिल्लीलाई राहत दिन लागिपरेको जनमानसले सोचेको छ । यद्यपि ओली सरकार भ्रष्टाचारले गनाएको छ तर सीमा अतिक्रमण रोक्न ओलीको खाँचो पनि अनुभव गरिएको अवस्था छ ।


