काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल अर्थात नेपाल सरकार, नेकपाका अध्यक्ष प्रचण्ड, स्कूल विभागका नेता बेदुराम भुसालसहितका उच्च नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रशिक्षण लिए । यो सम्बन्ध हो कि शीतयुद्धको थालनी, यसरी सरकार र पार्टीले प्रशिक्षण लिन मिल्छ कि मिल्दैन ? यो औपनिवेशिता र अर्कोतिर एकदलीय कम्युनिजमको मुखुण्डो उदाङ्गिएको हो कि होइन ? विचार एउटा कुरा हो, चिनियाँ कम्युनिष्ट पार्टीबाट सिकेरै देश चलाउने ?
हाम्रा शान्ति तथा मानवाधिकारवादी चीनलाई इङ्गित गरेर ध्बच ष्क ऋचष्mभ भनेर प्रदर्शन गर्ने, सरकार चलाउने पार्टी चीनको प्रशिक्षण लिने ? हाम्रो भूमि हाम्रो हो भनेर नक्सा जारी गरेर संविधानमा राख्दा भारत रिसाएर चीनको पिछलग्गु बनेको आरोप लगाउने । भारतले सिमानामा कडाइ गर्न थालिसक्यो, हामी कतातिर जाँदैछौं ? लद्दाखमा भारत र चीनवीच युद्धको जस्तो तनावपूर्ण स्थिति छ । भारतले गोर्खा सैनिकलाई चीनविरुद्ध खडा गर्ने साजिस गरिसकेको छ । यो अवस्थामा नेपालले लिनुपर्ने नीति के हो ? व्यापक छलफल र बहस गरेर असंलग्न नीतिमा अडिनुपर्ने बेलामा यो गाईजात्रा के देखाइरहेका छौं ? यो त अति भएन र ?


