Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मुटु घोच्ने केही सवालहरु

०८ सोमबार , असार २०७७६ बर्ष अगाडि

– भृकुटी मण्डपमा १२ अर्वको मेगाहल, पैसा छैन भन्ने सरकार मेगाहलतिर किन आकर्षित भएछ ? मेगाहलले कति रोजगारी सिर्जना गर्छ ? 
– पुरानो बसपार्कमा भ्यूटावर, आधुनिक हल । हरेक प्रदेशमा भ्यूटावर, झापामा सबैभन्दा ठूलो भ्यूटावर । खुलामञ्चमा सटर पसल । भैंसेपाटीको १२३ रोपनी जग्गामा मन्त्रिक्वार्टर, मन्त्रीको जिमखाना ।
– वीरगञ्ज चिनी कारखाना, हेटौंडा कपडा कारखाना, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना सबै बन्द छन् । ती उद्योग चलाउन सके ५० हजारले रोजगारी पाउँछन्, लाखौंको हातमुख जोरिन्छ । आत्मनिर्भरतामा बलपुग्छ । सरकार त्यता सोचनै चाहदैन ।
– इनफ इज इनफ, युवा दबाबी आन्दोलन । युवाहरुले अव सरकारलाई बन्द भएका उद्योगहरु चलाउन दबाब दिनुपर्छ ।
– सीके लाल लेख्छन्– ‘संसदमा फरक मत राख्न पनि नपाउने ? सबै प्रजातन्त्रवादीका लागि लज्जास्पद विषय हुनुपर्ने हो । तर प्रमुख प्रतिपक्षी दलसमेत राजनीतिक नैतिकता गुमाएर सत्तासीनको सहयोगी समूह भइसकेकाले सार्वजनिक वृत्तबाट अभिव्यक्ति स्वतन्त्रताको लोकलाज हराइसकेको छ ।’
प्रश्न– फरक मतका नाममा भारतमा अथवा संसारका कुन कुन देशमा एक देशभित्र अलग देशको माँग गर्न पाइन्छ ? कहिल्यै उपनिवेश नबनेको, संसारकै जेठमध्येको गौरवपूर्ण देशको नाम बदल्ने, झण्डा बदल्ने प्रस्ताव गर्न पाइन्छ ? आफ्नो भूगोल र झण्डाविरुद्ध अभिव्यक्ति र मत राख्न पाइन्छ ?
– नेपालले आफ्नो भूगोल आफ्नो भन्दा भारत रिसायो । त्यही भारतमा रहेका गोर्खा फौजलाई दद्दाखमा चीन र कारगिल–काश्मिरमा पाकिस्तानविरुद्ध भाडाका सिपाही बनाएर लडाइरहेछ । राष्ट्रवादभित्र राष्ट्रनीति, नागरिक प्रतिष्ठा र आत्मगौरव किन देखिदैन ? भारतीय सैनिक मरे परिवारलाई दिइन्छ, नेपाली गोर्खा मरे परिवारलाई शव दिइन्न, किन ? नेपालले कहिले सोधेन ।