Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बिद्रोही बिप्लवको सरकारलाई स्यावासी

०१ सोमबार , असार २०७७६ बर्ष अगाडि

काठमाडौं । भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा जारी गरेर, संसदबाटै सर्वसम्मत रुपमा पारित गरेको विषयमा देशै खुशी भइरहेको अवस्थामा नेकपा विप्लब समूहले पनि खुशी व्यक्त गरेको छ ।
नेकपा अर्थात विप्लव माओवादीले संविधान संशोधन गरेर नक्सा अध्यावधिक पार्दै निशान छाप सच्याएको विषयलाई ‘सरकार देशहितमा एक कदम अघि बढ्यो’ भनेर प्रशंसा गरेको छ । राम्रा कामलाई राम्रो र नराम्रा कामलाई प्रहार गर्ने नेकपा विप्लवलाई अझै प्रतिवन्धित राख्नु, तिनका कार्यकर्तालाई पक्राउ गरेर दुःख दिनु ओली सरकारका लागि कसरी उचित लागेको होला ?
नेकपाले आइतवार वक्तव्य नै जारी ग¥यो र वक्तव्यमा भनिएको छ– ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् । उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’
अगाडि भनिएको छ– ‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ ।’
वक्तव्यमा ‘हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ ।’ भनेर सरकार र संसदको निर्णयमा अझ जोश जगाइएको छ ।
सिङ्गो राष्ट्र एक भएर अतिक्रमित भूभागका बारेमा सरोकार राखिरहेका बेलामा बिद्रोही नेकपा पनि जनता र सरकारसँगै उभिन आउनु राष्ट्रिय एकता अझ सशक्त हुनपुगेको छ । अव सरकारले पूर्वाग्रहरहीत भएर एकता अझ सशक्त पार्नुपर्छ ।