Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

को को रहेछन् भगौडा नेता

०१ सोमबार , असार २०७७६ बर्ष अगाडि

काठमाडौं । अतिक्रमित भूभाग समेटिएको नक्साको बैधानिक दावी गर्ने संविधान संशोधनको अन्तिम निर्णय हुँदैगर्दा अरु बेलामा आफूलाई राष्ट्रबादी भन्न रुचाउने कतिपय नेता संसदमै गएनन् । कतिले लकडाउनका कारण जिल्लामा रहेको बताए । कतिले बिरामी भएको बहाना गरे ।
को को थिए ती देशभक्तहरु, जान्न जरुरी छ । नेकपाका हरिबोल गजुरेल, शिवकुमार मण्डल, गोपालबहादुर बम र धनबहादुर बुढा संसद गएनन् । नेकांका ज्ञानकुमारी छन्त्याल, सूर्यबहादुर केसी र नागेन्द्र कुमार तथा राजपाका प्रमोदकुमार साह, अमृतादेवी अग्रहरी र दुलारी देवी खत्वेनी पनि गएल भए । समाजवादी फोरमका सूर्यनारायण यादव पनि गएनन् ।
इतिहासमा नाम लेखाउने अवसर गुमाए यिनले । सरिता गिरीले त आफ्नो प्रस्ताव खारेज भएको र संसदमा बोल्ने नामावलीमा नाम नदेखेपछि बहिष्कार गरेर घर फर्किन् । फर्कने क्रममा पाकिस्तानबाट बंगलादेश महिलाका कारणले टुक्रिएको भनेर नेपाललाई टुक्रा पारिदिने सांकेतिक धम्की दिएर फर्किन् । आत्महत्या गर्ने चर्को कुरा पनि बताइन् । यथार्थमा बंगलादेश भाषाका कारणले टुक्रिएको थियो, महिलाका कारणले होइन ।
जेहोस्, नेकपाका ४, कांग्रेसका ३, राजपाका ३ र संघीय समाजवादीका २ जना राजधानीमै भएर पनि संसद गएनन् । उनीहरुमाथि नजान कसको जोरजबरजस्ती थियो, यो रहस्यमा धेरेको चासो रहेको देखिन्छ ।
सत्तारुढ दल नेकपाका हरिबोल गजुरेल, शिवकुमार मण्डल, गोपालबहादुर बम र धनबहादुर बुढाबारे सत्तारुढ दलभित्रै असन्तुष्टिको बीउ बनेको छ ।
२७५ मध्ये २५८ जना सांसद उपस्थित थिए, सबैले अतिक्रमित भूमि फिर्ता ल्याउने पक्षमा मतदान गरे, विपक्षीमा कसैले पनि मतदान गरेनन् ।
सांसद अमृता अग्रहरीले अस्पताल जानु परेकोले गएको र पार्टीको निर्णयानुसार समर्थनमा मतदान गर्न नपाएकोमो दुःखमनाउ गरेकी छिन् ।
संसदमा २७५ सदस्य छन् । २५८ उपस्थित भए, ४ जना विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् । १२ जना अनुपस्थित भए, सभामुख स्वतन्त्र रहन्छन् ।