विदेशमा रोजगारीका लागि गएर घर फर्केका युवा, बुढाहरु गोठमा राखिएका छन् । गोठलाई क्वारेन्टाइन बनाइएको छ । तिनीहरुका लागि औषधिमूलो छैन, खाना, पानीको बन्दोवस्त पनि छैन । तर प्रदेश सभामुख, मन्त्रीहरु करोड करोडका गाडी खरिद गरिरहेका छन् । लोकतन्त्रमा लोकको सेवा होइन, पहुँचवालाहरुको मस्ती मार्ने अवसर पो बन्यो कोरोनाको विपत काल ।


