Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लाख पर्ने ४ लाख टेन्ट लुकाउने को ?

२५ सोमबार , जेठ २०७२९ बर्ष अगाडि

उत्तर कोरियामा जहाँनिया शासन छ। त्यहाँ राष्ट्रघात र जनघात गरेको प्रमाणित भएका रक्षामन्त्री जर्नेल ह्यान यांग चोललाई तोपले उडाएको केही हप्तामात्र भयो।
भारतलगायतका मुलुकले पठाएका सामान्य पाल, त्रिपाल र सिट खुब हारालुछ गरियो। पहुँच हुनेले गाईलाई, भाईलाई, दाईलाई, माईलाईमात्र होइन, गाडी छोप्न समेत लिएर गए। एकैजनाले १० थानसम्म पनि कुम्ल्याए। कर्मचारी, सुरक्षा निकायका व्यक्तिले राजनीतिक पहुँच, पदीय प्रभावमा लूट मच्चाएकै हो। पछि पछि एकलाख पर्नेसम्मका दामी टेन्टहरु आउन थाले। ती टेन्टहरुमा पनि राजनीतिक, प्रशासनिक र सुरक्षाकर्मीकै दबदबा रह्यो। कसले कहाँ, कति बाँड्ने, कुन प्रकारको पाल, त्रिपाल, सिट बाँड्ने भन्नेमा ठूलै घोटाला भयो। जसको शक्ति उसको भक्ति भयो, पाउनेले पटक पटक पाए, नपाउनेको हात रित्तै भयो, आँखा टट्टायो। सरकार स्वयंले गठन गरेको अनुगमन आयोगले राहत वितरणमा पक्षपात र भ्रष्टाचार भयो भन्ने रिपोर्ट दिएपछि स्वयं प्रधानमन्त्री झस्किएको खबर छ। तर गृहमन्त्री खुश छन्। राहत पुगेन, उद्धार भएन, सहयोग पाइएन भन्नेहरुलाई गृहमन्त्री हपार्न थालेका छन्। जंगिएर गृहमन्त्री वामदेव गौतमले भनिहाले– मैले भूकम्प ल्याइदिएको हो र? काम हुँदैछ, आउँछ राहत। भूकम्पपीडितमाथि सरकारको व्यवहार यति कटुतापूर्ण? यतिखेर सवाल छ, लाख पर्ने ४ लाखभन्दा बढी टेन्ट लुकायो कसले? विपत्तिमा पनि यत्रो लूट? राजनीतिमा जनताका कुरा गर्नेहरु बेला बेलामा भण्डाफोरका कुरा गर्थे? टेण्ट खानेको भण्डाफोर गर्ने कसले? 'काले काले मिलेर खाउँ भाले' नगरेको हो भने राजनीतिक दलका  कार्यकर्ता र आम युवा जमातले पीडितका नाममा लुकाएको टेण्टको हिसाव खोज्नैपर्छ, टेण्टमा घोटाला गर्नेको भण्डाफोर हुनैपर्छ। टेण्टमा भ्रष्टाचार गर्ने किटाणुले पुनर्स्थापना र नवनिर्माणको क्रममा खर्च हुने अरवौं बजेटमा मन थाम्न सक्लान्? प्रो पव्लिक वेबसाइटमा जस्टिन इलियट र लाउरा सुलिभानको 'हाउ दी रेडक्रस हाफ ए बिलियन डलर्स फर हाइटी एन्ड बिल्ड सिक्स होम्स' भन्ने लेख छ। आधा अर्व डलरमा ६ वटा घर। हाइटीमा यस्तै भएछ। भूकम्पपछि हामी पनि पुननिर्माणको चरणमा प्रवेश गर्न लागेका छौं। टेन्ट खानेको भण्डाफोर नगर्ने हो भने यहाँ पनि नवनमर्िाणको खरवौं रकम भ्रष्टाचारले चुहावट गरेर खाने खतरा देखेका छन् सामान्य नागरिकहरुले।