Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

युरेनियमको सम्भाव्यता र उत्खनन्

१९ सोमबार , जेठ २०७७६ बर्ष अगाडि

हरियो बन, नेपालको धन, सकियो ।
पानी, नेपालको भाग्य, त्यो पनि झोलामा खोला हालेर हिडने भए विदेशी ।
बुद्ध, सगरमागा, प्राकृतिक सौन्दर्यता, यसमा पनि विदेशी चलखेल ।
पहाडी मुलुक, पहाडमुनी मार्वल, अन्य खनिज, पेट्रोलियम र युरेनियम । यसमा पनि विदेशीले उत्खनन् सुविधा पाएका छन् । नियमन र नियन्त्रणको बलिया कानुनी किल्ला तैयार नगरी भ्रष्टाचारमा बदनाम भएको सरकार र जनप्रतिनिधिहरुले न होमवर्क गरेका छन्, न आवश्यक गम्भीरता देखाएका छन् । चुरेदेखि महाभारत रेञ्ज र तल्लो माथिल्लो मुस्ताङ क्षेत्रमा उच्चकोटीको युरेनियमको भण्डार छ भन्ने खुलासा भइसकेपछि पनि नेपालले यसलाई राष्ट्रको विकासको आधार कसरी बनाउन सकिन्छ भनेर सोचेन र युरेनियममा क्षिमेकी र पश्चिमाले हकदावी गर्न आएका छन् । उनीहरुलाई नै उत्खनन् गर्ने अधिकार दिएका छन् ।
उत्खनन् हुनुपछृ, सक्नेलाई दिनुपर्छ । तरप्यारेन्टस् राइट्स के हो ? कति गम्भीर छ सरकार ? यो यक्ष प्रश्न हो ।
काठमाडौं । नेपालले युरेनियम उत्पादनको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।
अमेरिकाजस्तो मुलुकले युरेनियम उत्खनन् गर्नु, चीनले पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्नु नेपालका लागि हर्षको विषय हो । पहिले भारतको टाटा कम्पनीले फलामको उत्खनन् गरेको थियो, प्यूठानदेखि जुम्लासम्म अनेक तामा, फलाम खानीहरु अहिले पनि निस्कृय छन् । नेपालमा पाइने अनेक खनिज पदार्थको लाइसेन्स वितरण भइरहेका छन्, काम शून्य । यस्तो समयमा युरेनियमको सम्भाव्यता अमेरिकाले गर्छु भनेर अघि सर्नु नेपालका लागि लाभदायक नै छ । तर युरेनियम फेला परेपछि नेपालले पाउने के ? नियमन गर्ने कसरी ? विज्ञ को छ ?
युरेनियम आणविक अस्त्रको कच्चा पदार्थ हो । आणविक भट्टी निर्माण गरेर पर्याप्त विद्युत उत्पादन गर्ने कच्चा पदार्थ पनि युरेनियम नै हो । युरेनियमबारे यसो भनिएको छ– ग्चबलष्गm ष्क ब अजझष्अब िभझिभलत धष्तज तजभ कथmदय िग् बलम बतयmष्अ लगmदभच ढद्द। क्ष्त ष्क ब कष्खिभचथ(नचभथ mभतब िष्ल तजभ बअतष्लष्मभ कभचष्भक या तजभ उभचष्यमष्अ तबदभि। ब् गचबलष्गm बतयm जबक ढद्द उचयतयलक बलम ढद्द भभिअतचयलक, या धजष्अज ट बचभ खबभिलअभ भभिअतचयलक। क्ष्कयतयउभकस् ग्चबलष्गm(द्दघड
म्ष्कअयखभचभचस् ःबचतष्ल ज्भष्लचष्अज प्बिउचयतज
हामी ब्राजिलपछिको पानीको धनी देश । पानीको उपयोग गर्न सकिएको छैन । भाग्यले हिमाल, पहाड र तराईको पनि देश । अनेक खनिज छन् । केही समय अघि नेपाल भ्रमणमा आएका इजरायली वैज्ञानिक प्रा.दनियल शेक्चमनले नेपाल भाग्यमानी देश हो, किनकि नेपाल प्राकृतिक स्रोतले सम्पन्न छ, नेपालको दुर्भाग्य नेपाली नेता नैतिकवान छैनन्, इमानदारिता देखिदैन । वैज्ञानिकले २ दिनेको नेपाल भ्रमणमा हाम्रो रोग पत्ता लगाएर गए, हामी यो पिलो रोग पालेर बाँचिरहेका छौं । बेइमानीलाई इमानदारितामा बदल्न सकिरहेका छैनौं ।
यसकारण टिप्पणी भएको हो– कोरोनाले थिलथिलो बनाएको नेपालको अर्थतन्त्रलाई कृषिमय बनाउन जरुरी छ । यो बेलामा राष्ट्रिय जीवनलाई आत्मनिर्भर र स्वाभिमानी बनाउनका लागि सातै प्रदेशमा कृषि मल कारखाना र आधुनिक कृषि उद्यमको सोच अघि ल्याउला भनेको त संसदले युरेनियमको उत्खनन् गर्ने जिम्मा विदेशीलाई दिने योजना पो अघि सा¥यो । योजना आउनुपर्छ, देशमा भएका सम्भाबनाहरुको खोजी पनि हुनुपर्छ, त्यो खोजीले देश बलियो हुन्छ कि हुन्न, यसमा चनाखो पनि हुनुपर्छ । जुन अहिले कतै पनि देखिन्न । कतै हतारमा गरेको गल्तीले दूरगामी रुपमा पछुताउनु नपरोस् ।
अमेरिका ऐतिहासिक रुपमा सहयोगको प्याकेज लिएर नेपालमा देखा परेको छ । यो सहयोगमा राजनीति र कूटनीति छ, नेपालको सिद्धान्त र संविधान विपरित छ भनेर व्यापक बहस भइरहेको छ । यथार्थमा अमेरिकी प्रस्तावले नेपाली नेता, चिन्तक, विचारक र जनमानसलाई संचेतना पनि भरेको छ । निर्णय गर्नुपूर्व के गर्न हुने र नहुने भन्ने विषयमा ठूलै शिक्षा दिएको छ । नेपाली कांग्रेसले हुन्छ भनेर सही गरेको यो प्रस्ताव सत्तारुढ दलभित्रै विवादित छ र संसदमा पेश भइसकेकाले यसको सदर बदर संसदले गर्नेनै छ ।
आगामी वर्षको बजेटले युरेनियमको सम्भाव्यता अध्ययन गर्ने निधो गरिसकेको छ । सुन, तामा, फलाम, युरेनियमको व्यवसायिक उत्पादनका कार्यक्रम अघि बढाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत जानकारी दिएका हुन् । यस्तै रसायनिक मलमा प्रयोग हुने फस्फोरस उत्खननबारे बैतडी र बझाङमा तथा उदयपुरमा म्याग्नेसाइटको उत्खननको प्रक्रिया थालिने योजना पनि बजेटमा छ ।
यति नै बेला हो, देशभक्त थिङ्क टेंकहरु अगाडि आउनुपर्ने र देशहितमा के छ के छैन भनेर खुलासा गर्नुपर्ने । अति राजनीतिले देश बिग्रियो, कोरोनाको कहरबाट पार लागेपछि देश समृद्धिमा कसरी जान्छ, थिङ्कटेंकहरु बोलुन् ।