Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारतको दोधारे अभिव्यक्ति किन ?

१९ सोमबार , जेठ २०७७६ बर्ष अगाडि

काठमाडौं । नेपालले सीमा अतिक्रमण भयो भनेर बिरोधमा ३ पल्ट कूटनीतिक नोट दिइसक्दा पनि भारतले जवाफ नै दिएन । नेपालले नक्सा जारीगरेपछि बल्लतल्ल विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दोधारे कुरा बोले । सीमा समस्याबारेम अहिले कुरा हुनसक्दैन भनेको भारतले जिब्रो लरबराएर भनेको छ– रचनात्मक र सकारात्मक समाधानका लागि वार्ता गर्न  सकिन्छ ।
भारत वार्ता गर्न चाहन्छ र सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न चाहन्छ भन्ने नेपालको बुझाइ छ । १७ गते भारतका रक्षामन्त्रीले भनेका छन्– नेपालसँगको सबै समस्या वार्ताबाटै हल गरिनेछन् ।
विमल श्रीवास्तवले भारतको नीति नेबोर फस्ट हो । छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक छ भनेका थिए, हिन्दुस्तान टाइम्समा छापियो– रचनात्मक प्रयासबाट समस्या समाधान हुन्छ ।
सुरुमा अनौपचारिक रुपमा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको प्रतिक्रिया आइरहेका थिए, नेपाल विज्ञहरुको दबाब र उता दोक्लाम र लद्दाखमा चीनसँग सीमा विवाद युद्धको स्थितिमा पुग्ने खतरा भएपछि भारतले नेपालसँग वार्तामा आउन चाहेको हो । नेपालले खोजेको वार्ता र अतिक्रमित जमिन हो, भारत कहिले वार्तामा आउने हो, प्रतिक्षा गर्नुपर्नेछ ।
नेपालले नक्सा जारी ग¥यो, संविधान संशोधनमा पनि भारतको केही लागेन, अव वार्ता हुनेछ । उता चीनले पनि नेपाललाई वार्तामा बोलाइसकेको छ ।