Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजाकै सहारा लिए हुन्न ?

१२ सोमबार , जेठ २०७७६ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका लागि प्रचण्डको भन्दा राप्रपा अध्यक्ष कमल थापाको फोनकलले महत्व पाउन थालेको धेरै भयो । त्यसो त ओली र थापावीच पहिले देखि नै सुमधुर सम्बन्ध छ ।
चुनाव हारेका व्यक्ति प्रधानमन्त्री बन्न सक्दैनन् भन्ने समस्याले मात्र कमल थापा बाहिर रहेको बताउने स्रोतहरु भन्छन्– संविधान संशोधन गरेरै भए पनि वामदेव गौतम र राप्रपा अध्यक्ष कमल थापाको साथ खोजिरहेका छन् ओली ।
बजेट आउनेछ, संसदमा महत्वपूर्ण घटनाक्रम देखिनेछन् र संविधानको संशोधन अथवा सर्वोच्चमा पर्ने रिट खारेज भइदियो भने राप्रपा कमल थापा उपप्रधानमन्त्रीसहितको परराष्ट्रमन्त्री हुनेछन् ।
हुन त चर्चा भारतका लागि पूर्वराजदूत डा.भेषबहादुर थापाको पनि छ । लिम्पियाधुरा, कालापानी क्षेत्रको सीमाविवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न सक्ने र मनाउन सक्ने पात्रको खोजी गर्दा कमल थापा प्रभावशाली व्यक्तित्वमा परेका हुन् ।  कमल थापासँग हिन्दुत्वको नारा, राजावादीको प्रभाव र व्यक्तिगत रुपमा समेत मोदीलाई प्रभावित पार्न सफल व्यक्ति भएका कारण डा.भेषबहादुर थापाभन्दा कमल थापालाई प्रधानमन्त्रीले रुचाएको चर्चा बाक्लिदै गएको छ ।
स्रोतका अनुसार आजकल दिनहुँ ओली र थापावीच टेलिफोन वार्ता हुने गरेको छ । राजनीतिमा कोही सधैंको शत्रु वा मित्र नहुने र जस्तोसुकै असम्भव लाग्ने कुरा पनि सम्भव हुने भएकाले राप्रपाका अध्यक्ष थापाको चयन हुनसक्ने र देशका लागि योगदान गर्ने अवसर आए थापाले काविलियत देखाउने नै छन् ।
मतदाता बजारमा अव कमल थापाको राजनीति सकियो, कहिल्यै चुनाव जित्दैनन्, उनले पटक पटक सत्ता साझेदारी गरेर राप्रपालाई पत्रु बनाइदिए भन्ने आरोप लागिरहेको छ । स्वयम् अध्यक्ष थापाले पटक पटक सरकारमा जानु कमजोरी भएको आत्मसात गरी आत्मालोचना पनि गरिसकेका छन् । दुई तिहाइको सरकारलाई सहयोग गर्ने र देशको सीमा र आफ्नो पार्टीको हिन्दुत्व, राजतन्त्रको सवालमा निर्णायक भूमिका खेल्ने अवसर आउनलाग्दा राप्रपाले यो चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्ने निश्चित छ । सिमानाका सवालमा सम्पूर्ण देश एक ढिक्का भएको मौकामा राप्रपाले अवसर पायो र काम गर्न सफलता हासिल भयो भने राप्रपा अर्को चुनावमा ठूलै शक्ति पनि बन्नसक्छ ।
नेपालको अध्यावधिक नक्सालाई भारतले अस्वीकार गरेको छ । कालापानी क्षेत्र भारतकै भनिरहेको छ । यो अवस्था नक्सा कायम गराउन सक्नु र नेपाल–भारतवीचको चिस्सिएको सम्बन्धलाई सुधार्न सके भने सरकारलाई मात्र होइन कमल थापालाई पनि स्यावासी दिनेछन्, लाभ राप्रपालाई हुनजानेछ ।
नेकपा र राप्रपाको मेलमिलाप, एकीकृत राप्रपाले बोकेको एजेण्डा र पूर्व राजासँगको निकटता, राजतन्त्र र हिन्दुत्वप्रतिको भाजपाको आस्थाका कारणले पनि अध्यक्ष कमल थापा महत्वपूर्ण भूमिकाको हकदार बन्न पुगेका छन् । राप्रपामा रहेका एउटै सांसद राजेन्द्र लिङदेन पनि ओलीकै कारण जितेकोमा कुनै शंका छैन । पढेलेखेका कमल थापालाई सरकारमा सामेल गराउन सके चीन र भारतसँग रचनात्मक डिल गर्नसक्ने र समस्याको निकास निकाल्न सक्ने व्यक्तिका रुपमा थापा रहनेछन् ।
कमल थापाको प्रभाव ओलीमा कति छ भने उनकै अनुरोधमा दाजु जर्नेल नेत्रबहादुर थापा दुइपल्ट राष्ट्रपतिको सुरक्षा सुल्लाहकार नियुक्त भएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पटक पटक निकट रहेका छन्, कुरा गरेका छन् र एकपल्ट त मोदीले फूलको गुच्छासहित बधाईसमेत दिएका व्यक्ति हुन् थापा । भारत अतिक्रमित भूमि नछाड्ने र युद्धकै स्थितिमा अगाडि सरेको अवस्था छ । यसकारण पनि नेपाल भारतवीचको सीमामुद्दालाई पार लगाउन कमल थापालाई प्रभाविलो बिकल्पका रुपमा ओलीले हेरेको हुनसक्छ ।