काठमाडौं । संविधान निर्माणका बेलामा नेपालको झण्डा फेर्न प्रस्ताव गर्ने यिनै सरिता गिरी थिइन्, त्यतिबेला जम्मा २ भोट, भीम रावल र डा.प्रकाशचन्द्र लोहनीका कारण नेपालको झण्डा फेरिनबाट बचेको थियो । अहिले नेपाल सरकारले हिम्मतका साथ नक्सा अध्यावधिक प्रकाशमा ल्यायो, यी सरिता गिरी भन्छिन्– भारतलाई नसोधी किन नक्सा सार्वजनिक गरेको ? अचम्म छ, यस्ता नेपाली र यस्ता नाममात्रका नेपाली रहेको पार्टी ?
डा.बाबुराम भट्टराई सरकारले भारतलाई चिढ्यायो भनिरहेका छन्, आफ्नै पार्टीकी सरिता गिरी भारतलाई नसोधी नेपालको नक्सा किन सार्वजनिक गरियो ? भनिरहेकी छिन् । उपेन्द्र यादव र अन्य मधेशी नेता, अझ कांग्रेसी विमलेन्द्र निधिसमेत सरिता गिरीको अभिव्यक्तिम रमाइरहेछन् । निसान छाप पास हुन नदिन बबण्डर चर्किदै गएको छ ।


