Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रपतिकी श्रीमती मास्क सिउदै

२२ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दकी श्रीमती सविता कोविन्द कोरोना भाइरस संक्रमण रोक्नका लागि मास्क सिउँदै छिन् । राष्ट्रपति भवनमै यसरी तैयार भएका मास्क विभिन्न आश्रमका आश्रितहरुमा वितरण गरिनेछ । कोरोना भाइरसविरुद्धको यो सामाजिक चेतना र एकताको सन्देश प्रशंसनीय छ ।
नेपालमा कुनै सांसद, मन्त्री, तिनका परिवारजनले यसरी कोरोना भाइरसविरुद्ध चेतना फैलाएका छन् । योगदान दिएका छन् ? नेपालमा त केही दिनको तलव दान गरेर जिम्मेवारीबाट पन्छिने क्रम अहिले पनि जारी नै छ । यतिबेला कोरोनासँग लड्न पैसाभन्दा पनि बढी संचेतना र आत्मबलको खाँचो छ । यिनलाई के नपुग्दो 
होला ? यिनले अलिकति पैसा दान दिन सक्दिनन् होला र ? राष्ट्रपतिकी श्रीमती आफै मास्क सिउन अघि सर्नु भनेको चानचुने कुरा होइन ।