Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भावी प्रधानसेनापति प्रभुराम शर्मा

२२ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

   काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दज्र्यानी चिन्ह लगाइदिनु भएको छ । आइतवार आयोजित विशेष कार्यक्रममा दज्र्यानी चिन्ह लगाएपछि प्रभुराम शर्मा भावी प्रधानसेनापति बन्ने बाटो खुलेको छ । शर्मालाई वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो । दज्र्यानी चिन्ह ग्रहण गरेपछि शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ । बलाधिकृत रथी शरद गिरी अवकाश भएपछि खाली थियो । यही क्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका कुमार अधिकारी र संजय थापाले दज्र्यानी चिन्ह पाउनु भएको छ । उपरथी अधिकारीलाई उपत्यका पृतनाको पृतनापति र अर्का उपरथी थापालाई मध्य पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको जनसम्पर्क विभागबाट थाहा भएको छ ।