Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अन्यथा यो व्यवस्था टिक्दैन

२२ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । ड्रागन पावर ब्रोडकास्टिङ प्रा.लि.का अध्यक्ष प्रेमसागर पौडेल नेपाल–चीनवीचको सम्बन्ध विकासलाई मिहिन तरिकाले अध्ययन गर्ने र पिपुल टु पिपुल सम्बन्धलाई कसरी मजबुत पारेर नेपालको स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न सकिन्छ भनेर दिनरात खटिरहेका व्यक्तित्व हुनुहुन्छ ।
गतहप्ता नेपाली राजनीतिमा देखिएका उतारचढावपूर्ण घटना परिघटनापछि पौडेलले उठाउनु भएका सात जिज्ञासा यस्ता रहेका छन्–
१. प्रधानमन्त्रीले असामयिक दुई अध्यादेशबाट सुरु गर्नुभएको कलह बाह्यशक्तिको चलखेल देखिन्छ । बिगत २६ महिने कार्यकालमा समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा हुतिहाराजस्तो देखिएको अवस्थामा यस्तो कलह झिक्नुहुन्थेन । विपतको बेलामा स्वार्थका लागि अरु पार्टी फुटाउने रणनीति आत्महत्या नै थियो । अस्थिरताको कारक प्रधानमन्त्री नै हो 
२. माधवकुमार नेपाललाई पनि अध्यक्ष र वामदेव गौतमलाई प्रधानमन्त्री भनेर देखापर्नु गैरजिम्मेवार भएर प्रस्तुत हुनुहो । प्रधानमन्त्रीले उच्छृङ्खलता र अविश्वास बढाएर समस्यालाई झन जटिल बनाउने समय थिएन । सबै मिलेर जाने बेला हो । सहमतिको बाटो अपनाउनु पर्ने हो, किन चाहेनन्, बुझ्न कठिन छ ।
३. बुझ्न सकिन्छ, प्रधानमन्त्रीमाथि बाह्य हस्तक्षेप छ । यो अस्थिरता चीनविरुद्ध नै लक्षित छ । यो कुरा नेकपाभित्र बुझ्नेले बुझेका छन् । पटक पटक प्रधानमन्त्री भएका व्यक्ति दक्षिणी उक्साहटमा उत्तेजित पक्षको मतियार हुनु नराम्रो हो । यस्तो प्रवृत्ति देशका लागि हितकर छैन । यो तरिकाले मलाई लाग्दैन यो व्यवस्था लामो समय टिक्छ ।
४. यो स्थितिमा चीनका राष्ट्रपति सी चिनफिङसँग राष्ट्रपति विद्यादेवी भण्डारीको फोनवार्ता । नेपालले भोगिरहेको कोरोना महामारीसँग लड्न हामी साथ छौं भन्ने भरोसा आयो । मुख्य कुरा नेपाल चीनवीच भएका सम्झौताहरु कहिले कार्यान्वयन हुन्छन् भन्ने चासो पनि व्यक्त भएको छ । यसबाट नेपाल चीन सम्बन्धको स्थिति कति गम्भीर मोडमा छ, नेपालमा अस्थिरता किन बढिरहेको ? केका लागि हो ? कूटनीतिक ज्ञान भएकाहरुका लागि बुझ्न कठिन छैन ।
नेकपा र चिकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुखहरुवीच लामो फोनवार्ता कोरोनासँग लड्ने विषयमा कुरा भएको हो । चिनियाँ राजदूतको भेटवार्ता पनि भयो । समग्रमा चीनको चासो नेपाल चीनविरोधी देश बन्न गयो 
भन्ने हो । प्रधानमन्त्री र नेताहरु जानाजान चीनविरोधीहरुको माध्यम बनिरहेका छन् । यो कसैमा लुकेको छैन । गर्न नहुने काम भइरहेको छ, 
५. नेपाल–भारत सम्बन्धबारे नेपालले निर्णय गर्ने हो । भारतीय हस्तक्षेप नेपाल नीतिका कारण बढेको हो । नेताहरु जुनसुकै समर्थनका लागि भारत जान्छन् । देश देशको सम्बन्ध सित्तै हुँदैन । झुक्न गएपछि स्वार्थ उसको हुन्छ । नेपालका सम्बन्धमा चीनले अभिभावकको भूमिका खेलेको छ । सम्बन्धमा आत्मीयता देखिन्छ । यस्तो सम्बन्ध अन्त कहीँ पनि देखिन्न । नेपालले चीनविरोधी काममा सघाए पनि चीनले सहिरहेको छ । यो चीनको सदासयता हो ।
६. देशको पक्षमा जिम्मेवार हुनुपर्छ, उच्छृङ्खल काम गर्नुहुन्न, जुन भइरहेको छ । सबैको सहयोग हुँदाहुँदै पनि प्रधानमन्त्रीले किन भ्रमित पारिरहेका छन् । गलत कामको फल गलत हुन्छ, बच्न सक्छौं भनेर कसैले नसोचे हुन्छ । सच्चिएर अगाडि बढे राजनीति सुनिश्चित होला । अन्यथा यो व्यवस्था लामो समयसम्म जाँदैन । जनताले नै स्वीकार गर्दैन । नेताहरु जानाजान राष्ट्रघात गरिरहेका छन् । यिनको उपादेयता राष्ट्रघात गर्नकै लागि हो त ? यसो भए देश अप्ठेरोमा पर्छ । देशलाई सर्वोपरि ठानेर सबैले समयमै सच्चिन जरुरी छ ।
विपक्षीले पनि बुभ्mनुपर्छ, अस्थिरताको खेल अर्काका लागि हो । अविलम्ब सच्चिनोस् । देशको पक्षमा नलागे, जनआवाज नसुने, स्वार्थभन्दा माथि नउठे, विदेशीको गोटी बने यो व्यवस्था लामो समय जाँदैन ।
७. दुर्दशा खोज्ने कि उज्यालो रोज्ने ? सोच्न जरुरी छ ।