Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

यस्ता दलबाट देश बन्दैन

१५ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस्ता दलबाट देश बन्न नसक्ने प्रमाणित भैसकेको ठहर गर्नुभएको छ । जनजिविकाका बारेमा सोच्न छाडेर पछिल्लो समय राजनीतिक खिचातानीलाई लिएर सरकार र दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताउनुभयो ।
सामाजिक सञ्जाललाई आफ्नो धारणा व्यक्त गर्ने सार्वजनिक मञ्चका रुपमा बढीभन्दा बढी प्रयोग गर्नुभएका पूर्वराजाले पछिल्लो ट्वीट गरेर दलहरुप्रति निराशा जनाउनु भएको हो । पूर्वराजाको चासो देश र आमनागरिकले खप्नु र खेप्नु परेका समस्यामा केन्द्रित रहेका छन् ।
ट्वीटमा भनिएको छ– संकटको यस घडीमा पनि जनसेवाको पूर्ण बेवास्ता गर्दै, प्राप्त जनमतको खिल्ली उडाउँदै सत्ताधारी राजनैतिक दल आपसी मनमुटाब र फेरी पनि राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन कति रोएको होला । यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार अब केही रहेन । 
यस महामारीबाट छुटकारा पक्कै मिल्ला तर सरकारले निम्न आय वर्गका नागरिक, साना उद्यमी, कृषक र दैनिक ज्यालादारी मजदूरका हितमा उपयुक्त आर्थिक प्याकेजका लागि पहल गरेको देखिदैंन । लामो समयको बन्दका कारण देशको आर्थिक मेरुदण्डको रुपमा रहेको यस प्रणाली प्रभावित भैसकेको अवस्था नकार्न सकिदैंन ।