काठमाडौं । के छलफल भयो होला राष्ट्रपति र प्रधानमन्त्रीवीच ? आफूहरुविरुद्ध ठूलै षडयन्त्र भएको ठहर त केही दिन पहिले नै झापाबाट गरिसकेका प्रधानमन्त्रीले अवको बैठकमा राजीनामाको माँग हुने कुरो बुझिसकेका छन् । पार्टी विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने र सांसद अपहरणमा समेत मुछिएपछि प्रधानमन्त्री नैतिक संकटमा फसेका हुन् । यी घटना र यसमा संलग्न पूर्व आइजीपीसम्मका सवालले राजनीतिमा ठुलै कम्पन भइरहेको छ । यो कम्पनले प्रधानमन्त्री र राष्ट्रपतिको पदमात्र पहिरो जाने हो कि अरु के के विध्वंश देख्नुपर्ने हो ? दुई तिहाइको पार्टी तमासा बन्न पुगेको छ ।
अव खतरा आयो भनेपछि आइतवार यी दुईवीच डेढघण्टा छलफल भएको बताइन्छ । ओलीका सामु अव दुई विकल्प बाँकी छन्, एक राजीनामा दिएर आराम गर्न हिड्ने, कि मध्यावधिमा जाने ? विश्वस्त स्रोत भन्छ– राष्ट्रपतिलाई नचलाउने हो भने ओलीले पद छाड्न सक्छन् । यता प्रधानमन्त्री बन्न माधव नेपाल, राष्ट्रपति बन्न झलनाथ खनाल र सत्तामा जान ओलीपक्षधरहरु सबै प्रचण्डतिर लहसिएको बताइन्छ ।
संविधानको धारा ८५ मा संविधान अनुरुप संसद विघटन गरेमा ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने उल्लेख छ । तर यो कुरा राजनीतिक वृत्तमा सहज स्वीकार्य नहोला । तथापि नेकपाको अलोकप्रियताका कारण कांग्रेस र अन्य दलहरुले ओलीको साथ दिनसक्नेछन् । सामुहिक संकटलाई सामुहिक रुपमा कसरी व्यवस्थापन गर्छन् अल्पमत र अलोकप्रिय प्रधानमन्त्री ओलीले त्यो प्रतिक्षाको विषय बनेको छ । केपी ओलीले आफ्नालागि आफैले उत्ताउलो बोली बोलेर र भ्रष्टाचारीहरुको संगत गरेर खाल्डो खनेका हुन् । पहिले सञ्चारमन्त्री बास्कोटा र अहिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि ओलीको शासनलाई मजाले भ्रष्टाचारी साबित गरिदिए । त्यसपछि अपहरणजस्तो जघन्य अपराधमा मुछिन पुगेर ओलीले बचेखुचेको इज्जत पनि समाप्त पारिदिए । यसप्रकारको मूर्खताको कारण कुनै दिन लाइबेरियाका प्रधानमन्त्रीले गरेका थिए । उनी पनि चुनावमा जितेका हुन् तर सत्तामा पुगेपछि यति ठूलो निरंकूश शासक बने कि धेरैको ज्यान लिए, खुँखार अपराधी बने । सत्ताका लागि जे पनि गर्नेहरुमा ओली पनि एक हुन्, धन्न त्यस्तो अपराधी बनिसकेका छैनन् ।


