काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री ल्याउनका लागि चीनलाई अनुरोध गरेको छ । चीनको सरकारी दरभाउमा बिना दलाल पहिलोपल्ट स्वास्थ्य सामग्री यसैहप्ता नेपाल आउने भएको छ । यसअघि चीनले स्वास्थ्य सामग्री दिन खोज्दा र स्वास्थ्य मन्त्रालयले किन्न खोज्दा सरकारी दरभाउमै दिन्छु भन्दा ओम्नी ग्रुप खडा गरेर प्रान्तीय सरकारसँग वयापक महगोमा खरिद गरेर भ्रष्टाचार भएको थियो ।
चीन सरकारले ग्वान्जाओबाट पीपीई, माष्क, ग्लोक, भेन्टिलेटर, ओखतीलगायतका सामान उपलव्ध गराउनेछ । यी सामान जीटुजीकै तरिकाले ल्याउन लागिएकाले कसैले कमिशन पाउनेछैन, भ्रष्टाचार पनि हुनेछैन । सेनाले चीन, भारत, इजरायल, कोरिया, सिंगापुरलाई अनुरोध गर्दा भारतले मेडिकल टिम र ५३ प्रकारका ओखती र चीनले अन्य सामग्री दिने तैयारी गरिसकेका छन् ।


