काठमाडौं । जनयुद्धबाट कसैले धोका पायो भने मुलुक र सर्वहाराबर्ग जो लडाकु बनाएर माओवादमा लगाइए ।
जनआन्दोलनबाट कसैले धोका पायो भने मुलुक र प्रजातन्त्रवादीहरुले पाए, जो प्रचण्डका पछि लागेका थिए ।
लोकतन्त्रबाट कसैले धोका पायो भने मुलुक र प्रजातन्त्रवादीहरुले पाए ।
सूलीमा चढाइयो जनताको अपेक्षा, आकांक्षा । सपना देखाएर जनताको संवेदनशीलतालाई लुटियो । लुट्नेक्रम जारी छ र यो लखनौं लूटको महायज्ञमा चरु बनेर होमियो– राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान ।
२०६३ सालमा संसद पुनस्र्थापना गरेर देशको हित खोजेको राजतन्त्रलाई अहिलेसम्म पनि राजनीतिक तातो पन्यूले डाम्ने काम भइरहेकै छ । जबकि राजतन्त्रले परिवर्तन र संविधानको पूर्ण पालना गरेर सामान्य नागरिकको जीवन बिताइरहेको छ ।
राजतन्त्र पाखा लगाएपछि धर्मनिरपेक्षताका नाममा इसाईको डलर र पुरस्कार थापेर दङ्ग परेका शासक बर्ग, राजनीतिक बर्ग मुलुकका लागि पप्पु ठेकेदारभन्दा बढी भ्रष्ट बनेका छन् । जनताको हालत कस्तो छ, स्वतन्त्र दृष्टि राख्नेहरुलाई सोधौं उनीहरुले भन्छन्– जिउँदै मान्छेलाई इटा भट्टामा कोचेर जेलमा सम्भ्रान्त दैनिकी सोखले बाँचिरहेका मोहम्मद अफताव आलमजस्तो सरकारको त्रासदीमा छन् ।
०४६ सालको ४९ दिने आन्दोलनमा पम्पादेवी भनेर राजारानीको भण्डाभोर गर्नेहरु आजका शासक हुन् । ०६३ सालको १९ दिने आन्दोलनमा राजाको पुतला जलाएर १७ हजार मानिसको हत्या गर्ने माओवादीसित मिलेर परिवर्तन ल्याउने आजका शासक हुन् ।
त्यो दण्डहीनताको अन्त्य भएको छैन, त्यो संक्रमणकालीन न्याय सम्पादन भएको छैन । पीडकहरु शासक र पीडितहरु शासित भएको मुलुक हो नेपाल र यी पीडकहरु आज पनि जनतालाई पीडामाथि पीडा थपिरहेका छन् भने यिनले लोकतन्त्रको गरिमा र महिमा कसरी कायम गर्न सक्छन् ? नाम लोकतन्त्र भन्ने अनि काम ठोकतन्त्र अर्थात जता पनि भ्रष्टाचार, अनीति, अत्याचार र अपराधिकरण गर्ने । नेपालको शासन व्यवस्था जसरी कोरोनाले भयभित पारेको छ, भ्रष्टाचारी शासकहरुले त्यसरी नै भयभित पारिरहेका छन् । अन्यथा अर्थ नलागोस्, खोजेको इमानदार सरकार हो, जवाफदेही सरकार हो, पाइयो व्यभिचारी र नैतिकहीनहरुको झुण्ड ।
कांग्रेस कम्युनिष्टको पछि लागेर बिग्रियो, जनता कम्युनिष्टको पछि लागेर । राप्रपा, मधेसी अथवा अन्य भुरे टाकुरे दलहरु पनि लोभ गरेर विलापमा परेका छन् । कुनै पनि राजनीतिक दल जनताप्रति जिम्मेवार हुनसकेनन् । यहीकारण हो देशमा बर्बादी र अव्यवस्था बढेको हो । संविधान देखाउने, कानुनभन्दा राजनीतिक दलको फर्मान कामयावी हुनपुगेको हो । विधिको शासन बसाल्न सकेको भए लोकतन्त्र यसरी हावादारी साबित हुनेथिएन ।
अव भ्रष्टाचारविरुद्ध भण्डाफोर हुनुपर्छ । जनताले दिएको दुई तिहाइ हो, जनताले जिताएका सांसद हुन् । जनतामुखी जो छ, त्यही हो लोकतन्त्र । लोकलज्जासँग जो डराउँछ, उही हो लोकतन्त्रवादी । यसकारण लोकतन्त्रको जामा लगाएर जोजसले नीति, सिद्धान्त र विवेकहीन रुपमा काम गरिरहेको छ, ती सबै प्रकारका भ्रष्टाचारीको भण्डाफोर जनस्तरबाट हुनुपर्छ । विप्लवजस्ता विद्रोहीहरुले भ्रष्टाचार सहेर बस्नु भनेको कायरता नै हो । जनताले पनि आफ्नो शासन आफैले गर्ने हो भने अव भ्रष्टाचारीको दोहोलो काढ्नुपर्छ ।
जबसम्म भ्रष्टाचारी रहन्छन्, तवसम्म जनताको शासन कायम हुनसक्दैन । जनताको सेवा गर्छु भनेर आउँछन् भने राजाले पनि सन्देश दिएर होइन, जनतासँग मिलेर भण्डाफोरमा लाग्नुपर्छ । राजा र जनताको प्रयासले बनेको यो मुलुक भ्रष्टाचारीहरुको राइँदाइँ गर्ने खोरिया बन्न सक्दैन, बनाउन दिनु पनि हुन्न । जय नेपाल पहुनपर्छ ।


