काठमाडौं । नयाँ वर्ष २०७७ को अवसर पारेर ग्लोबल कम्प्याक्ट नेपाल नामक संस्थाले सबैलाई ’राष्ट्रिय गान गुन्जाउँ र बजाउँ’ कार्यक्रम आयोजना ग¥यो । यही आयोजनालाई प्रधानमन्त्री केपी ओलीले राष्ट्रियगान बजाउन र गाउन देशवासीलाई आह्वान गरे । तर, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवसजस्तै प्रहरी, सेना, कर्मचारीले बाहेक आमनागरिकले प्रधानमन्त्रीको आह्वानलाई अस्वीकार गरिदिए । कसैले राष्ट्रियगान गाएनन् ।
देशका कुनै पनि नागरिकले राष्ट्रिय धून घन्काएनन्, गान गाएनन् । प्रधानमन्त्रीले ट्वीटरमा समेत राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु भनेर रोलमोडल बन्दै प्रचारमा सामेल भए तर कसैले वास्ता गरेनन् ।
कोरोनाविरुद्ध फ्रन्टलाइनमा कामा गर्नेको हौसला बढाउन ट्वीट गर्ने, शुभकामना सन्देश दिने, कोरोनाबाट मुक्ति मिलोस् भनेर गफ गर्ने कि फिल्डमा खटिएकालाई भेट्न फिल्डमै गएर उत्साह बढाउने ? कोठामा बसेर दिएको आदेशलाई जनताले अस्वीकार गरेका हुन् । सरकरको विफलताका कारणले राष्ट्रिय गान र धुन जनजीवनको अङ्ग बन्न नसकेको, राष्ट्रलाई नसमेटेको पनि स्पष्ट भएको छ ।े


