Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेकपा फूटको संघारमा

०१ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । प्रचण्डले राखेको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गरेपछि ओली र प्रचण्डवीचको दूरी बढेको छ । गतवर्ष जेठ ३ गते गरिएको पार्टी एकीकरण ३ महनामा टुङ्ग्याउने सहमति भए पनि २३ महिनापछि पनि मानसिक रुपमा अझै दुई पार्टी नै छन् र माथिल्लो स्तरमा समेत एकीकरण गरेर राम्रो नगरेको गुनासो प्रचण्डको कानमा गुञ्जिन थालेको छ । यद्यपि प्रचण्डअनुचरहरुको दावी छ– केन्द्रीय समिति, स्थायी समिति, सचिवालाय सबैतिर प्रचण्डको बहुमत छ, ओली अल्पमतमा छन् । ठूलो जोडले डाकिएको बैठकमा बिरालोको घाँटीमा कसले घण्टी झुण्ड्याउने कथाको सम्झना गरायो र ओली नै नेकपाका सर्वेसर्वा हुन् भन्ने फेरि प्रमाणित भएको छ ।
वामदेवको तरङ् र माधव नेपालको घटुवाले समेत प्रचण्डलाई बल दिएन । यसकारण आजकल प्रचण्ड तनावमा छन् र उनीमाथि अनेक आशंका उठ्न थालेको सुनिन्छ । ललिता निवास, मेडिकल सामान खरिद मन्त्रीको बिबाद कसैमा पनि ओलीलाई गाल्न प्रचण्डले सकेनन् । अव नेकपाभित्र फेरि माओवादी र एमालेको आवाज उठ्न थालेकोले नेकपा पूmटको संघारमा पुगेको देखिदैछ ।