Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पीपीई भिरेर सेल्फी स्वाङ्

२४ सोमबार , चैत्र २०७६६ बर्ष अगाडि

काठमाडौं । पीपीई पहिरन स्वास्थ्यकर्मीका लागि हो । डाक्टर, नर्स र कोरोना हो होइन भनेर जाँच गर्नेहरुले लगाउने पीपीईको ठूलो खाँचो छ । तर कुनै कुनै क्षेत्रमा भने पठाइएका यस्ता पीपीई भिरेर सेल्फी खिच्न दुरुपयोग भएको छ । पीपीईको अभावका कारण डरलाग्दो भ्रष्टाचार काण्डले सरकार नै बदनाम भइरहेको छ । उद्यमी विनोद चौधरीदेखि स्वास्थ्यसेवा विभागले पीपीई जिल्ला र गाउँस्तरका स्वास्थ्यकर्मीसम्म पु¥याउन दिनरात एक गरिरहेका छन् । तर चिकित्सक, स्वास्थ्यकर्मीलाई पिपिई छैन, कालिकोट पँलाता गाउ पालिकाका जनप्रतिनिधि पिपिइ लगाएर ग्रुपफोटो खिचाइरहेछन् । माल पाएर चाल नपाएपछि के लाग्छ ?