काठमाडौं । घरपरिवारको मायाँ, गाउँ फर्कने हतारो, सरकारले छिर्न नदिएपछि महाकाली नदीमा हेलिएर नाङ्गै छिरे नेपाली । उसको मनोवेग नबुझ्ने सरकार लोकतन्त्र चलाइरहेछ ।
बाँच्यो, स्वदेश छिरेपछि डाँको छोडेर रोयो, यो पौडी प्रतिस्पर्धा थिएन, घरप्रतिको जिम्मेवारी थियो । लोक सरकारले लोकजिम्मेवारी पूरा गरेन्, नागरिकलाई पारी नै थुनेर वारी आएकालाई पक्राउ ग¥यो । यस्तो छ हाम्रो लोक सरकार । प्रधानमन्त्री बोल्दैनन्, राष्ट्रपति सन्देश दिन्छिन्, अनगिन्ति नाङ्गा नागरिकका कुरा बोन्दिनन् । यस्तो सरकार जनताको सरकार नै हो त ?


