Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कोरोना बिस्फोट भए थेग्दैन

१७ सोमबार , चैत्र २०७६६ बर्ष अगाडि

यो समय आफू र अरुलाई बचाउने समय, घरमै बसौं घरपरिवार, समाज, राष्ट्रलाई कोरोनाको कोपबाट बचाऔं । सबैले बुझ्ुनुपर्ने सूचना यही हो ।
डा.अर्जुन कार्की भन्नुहुन्छ– भीडभाडमा नजाउँ, कोरोनाको संक्रमणका सम्भाबनाहरुलाई रोकौं । सरकारले पनि कोरोनाका सम्बन्धमा गम्भीर निगरानी गर्नैपर्छ । इटली, स्पेन, अमेरिकाको हालत देखेका छौं । नेपालमा बिस्फोट भयो भने हाम्रो स्वास्थ्य क्षमताले थेग्दैन ।
हाम्रो प्रमुख दायित्व भनेको कोरोना संक्रमण नफैलियोस् भनेर रोकथाममै ध्यान दिनुपर्छ । सरकार एक्लैको जिम्मेवारी होइन, हामी नागरिकले पनि साथ दिनुपर्छ, डब्लुएचओ र सरकारले सुझाएका सावधानीहरुको पालना गर्नैपर्छ । अझै ठूलो महामारी आइसकेको छैन । बेलैमा सचेत हुनुको विकल्प छैन । सरकारले लकडाउन गरेको हाम्रै लागि हो, यसको उल्लंघन नगरौं, आफू र आफ्नो परिवारको बारेमा सोच्नु भनेकै महामारीलाई रोक्नु हो ।
कामविशेषले अन्य मुलुकमा गएकाहरु धेरै आएका छन् । संक्रमण भएर वा नभइ आएका भए पनि क्वारेन्टाइनमा बसौं । बस्नैपर्छ । यो प्रत्येक नागरिकको सामाजिक दायित्व पनि हो । गैरकानुनी काम गर्नुभएन, अराजक हुनु भनेको कोरोनालाई निम्तो दिनु, संक्रमितको जोखिम मोल्नु हो 
प्रत्येक नागरिकले सोच्नै पर्ने विषय भनेको मेरो कारणले अरुको ज्यान नजाओस् भन्ने नै हो । जो जो बाहिरबाट आएका छन्, जो यहाँ छन्, सरकारले तोकेको सावधानी अपनाऔं, एकले अर्कोलाई सम्झाऔं । यो महामारीमा सबैको आआफ्ना दायित्वहरु हुन्छन्, सबैे पालना गरौं, दायित्व निभाऔं ।
नेपालमा समानान्तर सरकार नै चलाइरहेका आइएनजीओ, एनजीओहरु किन मौनता साधिरहेका छन् ? प्रत्येक पार्टीका र समाजका चेतनशील युवाहरु पनि हुनुपर्नेजति सक्रिय भएका छैनन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जसरी खटिएका छन्, उनीहरुलाई हौसला दिने र समाजमा चेतना फैलाउने काममा गम्भीरतापूर्वक सबैले लाग्न जरुरी छ । कर्तव्य सम्झेर ठूलो संकट आउनसक्ने परिस्थिति भएकाले नागरिक दायित्व, मानवीय धर्म निर्वाह गर्नैपर्छ । क्रियाशील हुनैपर्छ । कोरोनासँग लड्ने अर्को उपाय छैन । सरकारले बाहिरबाट आएकालाई उपचारमा बस्न दबाब दिएको छ, कडा निर्णय गर्न नपरोस् पनि भनेको छ, सरकारलाई सहयोग गरौंं । कोरोनाबाट बचौं, सबैलाई बचाऔं । आइसकेको यो महामारी फैलिनबाट रोकौं ।
तराई र गाउँसहरमा लकडाउन उल्लंघन गर्नेहरु बढेका छन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन भन्दा अटेर गर्नेको संख्या बढ्दै गएको छ । कतिपय क्षेत्रमा हाटबजार चलेको र खेतीपातीमा मान्छे लागेका पनि छन् । सरकार भीडभाडबाट जोगिऔं भनिरहेको छ, हामी अटेर गरिरहेका छौं । सवारी साधन चलाउने पनि धेरै पक्राउ परेका छन् । यी सबै उल्लंघनले हामी आफै जोखिममा परिरहेका छौं । सामाजिक अभियन्ता र युवाहरुले अझै चेतना फैलाउन पुगेको छैन । जनप्रतिनिधिहरु फिल्डमा निस्केका छैनन् । विकास बजेट च्यापेर लुकेका छन् । मानव सभ्यता जोखिममा परेका बेलामा पहिले मान्छेलाई बचाऔं, कोरोना भगाऔं । बच्न र बचाउन के के उपाय अवलम्बन गर्न सकिन्छ, त्यसतिर क्रियाशीलताको खाँचो छ । चुरो कुरो कोरोना महामारी रोक्न सबै लागौं ।