Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मोदीका अधिकृत कि भायसराय ?

२१ बिहिबार , जेठ २०७२९ बर्ष अगाडि

महाभूकम्पपीडित नेपालको नवनिर्माणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 'उच्च अधिकृत' नियुक्त गर्ने भारतीय फर्मान राजदूत दीपकुमार उपाध्यायमार्फत जारी गरेका छन्। भारतले नियुक्त गर्ने 'यी विशेष अधिकृत' बृटिशले इण्डियामा नियुक्त गरेका लुइस माउण्टबेटनजस्ता नहुन्, जसले १५ अगस्त १९४७ मा भारत–पाकिस्तान टुक्य्राइदियो। काश्मिर समस्या यसरी बल्झाइदियो कि सन २०१५ मा आइपुग्दा पनि आधा काश्मीर भारत र आधा पाकिस्तानले हुकुम चलाइरहेका छन् र काश्मीर जनता स्वतन्त्रताको लागि रगत बगाइरहेका छन्, मरिरहेका छन्, मारामार जारी छ। १० मे १८५७ मा भारतमा पसेको बृटिशले १९४७ १५ अगस्तसम्म कम्पनी सरकार चलाइरह्यो, भारतलाई जुत्तामुनी कुल्चिरह्यो। त्यो भारतलाई स्वतन्त्र बनाउन नेपाली रगत पनि बगेको छ। नेपालीले पनि भारतको स्वतन्त्रता संग्राममा लडेका छन्। तर, भारत बैगुनी छ। जहिले पनि नेपाललाई एक हातले केही दिएजस्तो गरेर लुट्नु लुटिरहेको छ। नेपालको हितमा बोल्ने, कामले नेपालको अहितमात्र गर्ने भारतको पुरानै बानी हो। नेपालमा 'बिभाजन गर र राज गर, 'स्म्यास एण्ड ग्राव' बृटिशले जे सिकाएर गयो, भारत सरकारले आजसम्म नेपालमा त्यही गरिरहेको छ।
यसकारण शंका गर्नैपर्छ– नरेन्द्र मोदीले नेपालमा नियुक्त गर्ने विशेष अधिकृत 'भायसराय'जस्तो नहोस्। त्यसै पनि सीके राउत, सरिता गिरी, महन्थ ठाकुर, राजेन्द्र महतोजस्ता नेताहरुको कमी छैन। उनीहरु खुलेआम मधेसका हितमा मधेस छुट्टै राज्य बनाउनु पर्छ भन्छन्। जहिले पनि मधेसलाई आफ्नो सुरक्षाकवच मान्दै आएको र मधेसी नेतालाई आफ्नो प्रतिनिधिका रुपमा संरक्षण गर्दै आएको भारतको 'र' र संस्थापन पक्षले यसपटक पनि 'माइवाप'कै भूमिका खेलिरहेको देखिन्छ। र, नेपालमा महाभूकम्पले विपत्तिको कोलाहल ल्याउँदा भारतबाट सैनिक टोली आयो। टोलीसँगै राहत सामान पनि ल्याए। तर, सैनिक टोलीले उद्धार र राहतमा भन्दा सैनिक रणनीतिलाई महत्व दिए। उनीहरु संवेदनशील क्षेत्र घुमिरहे, फिल्म खिचिरहे। प्रविधि स्थापित गरिरहे र चीनको क्षेत्रसम्म पनि घुसे। भारतको आपातकालीन सहयोगको प्रशंसा गर्नैपर्छ तर यो सहयोगसँगै जसरी नेपाली भूमि र नेपाली नीतिको उल्लंघन गरे, सम्मान गर्न सकेनन्, त्यसको जति निन्दा गरे पनि कमै हुन्छ। यो यथार्थबाट नरेन्द्र मोदी अनभिज्ञ छैनन्। उनी पनि भारतको मुठ्ठीबाट नेपाल हलचल नगरोस् भन्ने नै चाहन्छन्। स्वयं मोदीले नेपालको संसदमा उभिएर 'बुद्ध नेपालमा जन्मेका हुन्' भनेर वाहवाही बटुलेर गए। तर जर्मनी पुग्दा चान्सलरका सामु उभिएर प्वाक्कै भनिदिए– बुद्ध भारतका हुन्। यिनै मोदीको इसारामा भारतीय सञ्चारमाध्यम आजतकले सगरमाथा आरोहण गर्न भारतले इजाजत दिएको यो खबर प्रशारणमा रोक लगाएनन्। सच्याएनन्। यसबाट पनि थाहा हुन्छ: मोदी हिन्दूवादको समवाद भुल्न बेर लगाउँदैनन्। भारतीय सेना मोदीको सपना साकार पार्र्छौं भन्न थालेका छन्। मोदीको सपना कतै सिंगो अथवा आधा नेपालको कब्जा त होइन? काठमाडौंबाट दिल्ली कति टाढा छ? घण्टा घण्टामा हवाई सेवा छ,  दिनदिनै बस सेवा छ। फेरि किन नेपालका लागि विशेष अधिकृत चाहियो मोदीलाई? यो विशेष अधिकृतको व्यवस्था हो कि भायसरायको नियुक्ती? त्यसै पनि भारतका ७ प्रकारका सुराकी नेपालमा कार्यरत छन्। पियनदेखि मुख्य सचिवसम्म, नेतादेखि प्रधानमन्त्रीसम्म, सेवादेखि व्यापारसम्म अर्थात सिंहदरवारदेखि शितलनिवाससम्म भारतकै चल्तीफिर्ती छ। फेरि विशेष अधिकृत नियुक्ती भनेको भायसरायभन्दा कसरी कम हुन्छ र? एउटा राजदूत र २६ सय कर्मचारी दूतावासमा छन्, अव भायसराय आएपछि नेपालमाथि भारतीय हैकम र हुकुम कुन हदमा बढ्ला? मेरा नेपाल महान भन्न नसक्ने हाम्रो राजनीतिक नेताहरु  मेरा भारत महान भन्न नथालुन्।
त्यसो त सीमा अतिक्रमण जारी छ। भारतसँग जोडिएका सबै जिल्लामा सीमा विवाद छ। सीमा नियम मिचेर बाँध बनाउने, सडक निर्माण गर्ने र बस्ती बसाल्ने काम जारी छ। भारत छिमेकीको विश्वास जितेर विश्वशक्ति बन्ने तैयारी गरिरहेका बेलामा नरेन्द्र मोदीको सरकारले नेपालसँगका सबै सीमा विवाद टुंग्याउन तैयार देखिएन। यसतिर मोदीले इच्छाशक्ति देखाएका छैनन्। यो मुद्दा उठाएका छैनन्।