Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देशको नक्सा किन लुकाइयो ?

०३ सोमबार , चैत्र २०७६६ बर्ष अगाडि

काठमाडौं । प्रतिपक्षी छ कि छैन भन्ने स्थितिमा सत्तापक्षकै नेता भीम रावलले प्रश्न गरेका छन्– लिम्पियाधुरालाई समेटेर नक्सा निकाल्न कसले रोक्यो ? नेकपाका नेता भीम रावलले गत कात्तिक १६ गते भारतद्वारा जारी नक्सामा नेपाली भूमि अतिक्रमण गरेको र अतिक्रमित भूमि समेटेर नेपालको नक्सा जारी गर्न नसकेको भन्दै सरकारका सामु नैतिक प्रश्न उठाइदिएका छन् ।
हुन पनि संसदको अन्तर्र्रािष्ट्रय सम्बन्ध र अन्य समितिहरुमा पटकपटक प्रश्न उठेको र नक्सा जारी गर्न निर्देशन दिँदा समेत नेपालको वास्तविक नक्सा सरकारले सार्वजनिक गर्न सकेको छैन । भारतले आफ्नो नक्सामा राखेका भूभाग नेपालका हुन्, हाम्रो हो भनेर नक्सा निकाल्न नेपाललाई केले कसले रोक्यो ? यस सम्बन्धमा न परराष्ट्र मन्त्रालयले जनतालाई जवाफ दिएका छन्, न भूमिमन्त्रीले नै स्पष्ट पार्न सकेका छन् । उल्टै साइत आएपछि जारी हुनेछ, प्राविधिक काम गरिरहेका छन् भनेर मन्त्री पद्मा अर्यालले ओठे जवाफ फर्काएपछि सरकारले अतिक्रमित भूभाग भारतकै हिल्ला लगाउन खोजेको आशंका बढेको छ ।
स्वयम् प्रधानमन्त्रीले नक्सा छाप्नु  ठूलो कुरा होइन, मिचिएको भूमि फिर्ता गर्नु पो ठूलो कुरा हो भनेर भनेको पनि लामो समय भइसक्यो । देशको नक्सा नचिन्ने, नदेखाउने राजनीति कस्तो राजनीति, सरकार कस्तो सरकार होला ? आमनागरिकमा आक्रोश बढेको छ ।
नेकपाका नेता भीम रावलले संसदमा उठाएको विषय यस्तो छ–  कतिपय मानिसहरूले सीमा विवाद पुरानै हो । यति बेला नै यसलाई किन उठाउनु प¥यो भन्ने गरेको पाउँछु । २०१५ साल नेपाली कांग्रेसले दुई तिहाई ल्याएको थियो । तर १८ महिना पनि पनि टिकेन । त्यो सरकार टिकेको भए काम गथ्र्यो की गर्थेन भन्ने विषयमा इतिहासकै गर्भमा रह्यो । अहिले पनि बलियो सरकार बनेको छ । यो स्थायित्व प्राप्त सरकार हो । विगतका कुव्यवस्था, विगतका शासकहरूका राष्ट्रघाती क्रियाकलापबाट मुक्तिका लागि काम गर्ने उपयुक्त बेला हो । यसलाई सबैले आत्मसात् गर्न अत्यन्त आवश्यक छ । इतिहासमा कहिलेकाहीँ साम्राज्यवादी, निरंकुश शासकहरूले अन्य देशको पनि भूभाग कब्जा गरेको पाइन्छ । जब त्यस्ता देशहरू मुक्त हुन्छन्, लोकतन्त्र आउँछ, जनताको सार्वभौमसत्ता आउँछ । ती देशहरूले आफ्नो सार्वभौमसत्तालाई पुनस्र्थापित गरेका छन् । त्यसकारण नेपाल–भारतबीचको सीमा समस्या पनि पुरानो हो भनेर बस्न मिल्दैन । पुरानो समस्या त हो नि भन्ने खालको अभिव्यक्ति कतैबाट आउनु हुँदैन ।
रावलले भनेका छन्– सरकार किन चाहियो ? यस्तै कामका लागि जनताको सरकार चाहिने हो । राष्ट्रियताको कामकुरा गर्नकै लागि जनताले नेकपालाई जिताएको हो ।
भारतीय नक्सामा नेपाली भूभाग पारिसक्दा पनि नेपालले त्यो नक्सा गलत हो भन्न नसक्नु भनेको यो कस्तो सशक्त सरकार होला ? हाम्रो नक्सा यो हो भनेर नेपालीलाई, भारतलाई र बाँकी विश्वलाई देखाउन नसक्नु ओली सरकारको सबैभन्दा ठूलो राष्ट्रघात हुनपुगेको छ ।
स्मरणीय छ, भारत वार्ता गर्न रहेको कुरा आयो र सेलायो । अव भारत वार्ता गर्न अस्वीकार गर्न थालेको छ । यो अवस्थामा ओलीसरकारले गुमेको भूभाग फिर्ता ल्याउन के गर्ला ? प्रवुद्ध बर्गको रिपोर्टसमेत बुझ्न नसक्ने प्रधानमन्त्री नेपालकै इतिहासमा सबैभन्दा शक्तिशाली तर सबैभन्दा निरीह देखिन थालेका छन् ।