Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कमल कि कोमल गीता ?

०३ सोमबार , चैत्र २०७६६ बर्ष अगाडि

काठमाडौं । गीता समातेर राप्रपा अध्यक्षले कसम खाए– म राप्रपालाई फुट्न दिन्न । यसैगरी अध्यक्षत्रयका दुई सदस्य पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पनि निकै उत्साहित भए ।
राप्रपाभित्रै प्रश्न बाँकी छ– अधिवेशनपछि कमल थापाले पुनः अध्यक्ष जित्नेछन्, त्यसपछि राप्रपा एकढिक्का भएर रहला कि नरहला भन्न सकिन्न । जन्मदै टुक्रिएर जन्मेको राप्रपा धेरैपल्ट जोडिने र छुट्टिने भएको छ, शक्तिको बाँडफाँडमा कुरा मिलेन भने राप्रपालाई गाई चौथो शक्ति बनाएकै हो, गीताले हौस्याएको राप्रपामा फेरि चिरा पर्ने पो हो कि ?
तथापि अध्यक्ष कमल थापाले भनेका छन्– राप्रपाको ऐतिहासिक एकिकरण उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । राष्ट्रियता,प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित सम्बद्र्धनवादको आदर्श बोकेको तेस्रो बैचारिकधार एवं राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा राप्रपाको उदय सुनिश्चित भएको छ । प्रमुख दलबाट दिक्क भएका जनताले भरोसा गर्नसक्ने विकल्प पाएका छन् । अव राप्रपा वैकल्पिक शक्ति बन्छ ।
विश्लेषकहरुका अनुसार राप्रपा वैकल्पिक शक्ति नबन्ला भन्न सकिन्न, शर्त यत्ति छ– तमाम हिन्दु र राजतन्त्रवादी एकढिक्का हुनुपर्छ । यो गतिलै शक्तिचाहिं बन्न सक्छ । तर, सूर्यबहादुर थापाका छोरा सुनिल थापाले एकीकरणकै साइतमा भाँजो हालेका छन्, राजतन्त्र मानिन्न भनेर बिद्रोह गरेका छन् ।