काठमाडौं । राप्रपाका कमल थापाले आफूलाई सच्चिएको रुपमा प्रस्तुत गरेर राप्रपा संयुक्तलाई पनि एकीकरण गराउन राजी भएका छन् । संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीसमेत एकीकृत राप्रपाको अध्यक्ष हुने सहमति भएको छ । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदेश्यका साथ र सदैव एकताबद्ध रहने प्रण सहित राप्रपा र राप्रपा (संयुक्त)का बिच एकिकरण गर्ने निर्णय गरेका छौं भन्ने तिनै अध्यक्षले घोषणा गरेका छन् । एकीकृत राप्रपाको औपचारिक घोषणा फागुन २८ गते हुनेछ ।
एकता सम्बन्धि आधारपत्र र कार्र्यिवधि निर्धारण गर्न नेता दीपक बोहोरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा तथा राप्रपा संयुक्तबाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सना खटिएका थिए । अव महाधिवेशनले वैचारिक दर्शन टुंगो लगाउने भनिएको छ । तर यो एकतामा सहमति हुनासाथ नेता पशुपति शमशेरले आफ्नो पूर्वअडानमा यूटर्न लिदै भनेका छन्– अव धर्मनिरपेक्षता र गणतन्त्र ढाल्छौं ढाल्छौं । स्मरणीय छ, राणा गणतन्त्रका पक्षधर थिए ।
दुई राप्रपाको यो आधारपत्रमा राजसंस्थासहितको प्रजातन्त्र हुनुपर्ने उल्लेख छ । यी तीन जना पहिले पनि राप्रपामा एकीकृत भएर छुट्टिएका हुन् ।


