Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली सेना देश र नेपाली जनताको साझा सेना हो ।

१९ सोमबार , फाल्गुण २०७६६ बर्ष अगाडि

काठमाडौं । ‘नेपाली सेना देश र नेपाली जनताको साझा सेना हो । सेनाले देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको छ । जहिल्यै पनि विकासमा हातमालो गर्न सेना तयार छ ।’ प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रदेश १ को उदयपुरको रौतापोखरी क्षेत्रमा नेपाली सेनाको रणसार्दूल गणद्वारा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिनुभएको हो । यही अवसरमा उहाँले जनताको हितमा काम गर्न सकलदर्जालाई निर्देशन पनि दिनुभएको छ । 
प्रधानसेनापतिले इटहरीमा ५० बेडको सैनिक अस्पतालको उद्घाटन गर्नुभएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको हो ।
सिन्धुलीगढीको सम्झनामा प्रधानसेनापति थापा
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिक सिन्धुलीगढीमा पुर्खाले देखँएको वीरता र साहसका कारणले गर्दा नै विश्वमा नेपाल, नेपाली र नेपाली सेनाका रुपमा रहेका छौं । यो गौरवपूर्ण तथ्यलाई कुनै पनि नेपालीले विर्सन हुन्न र विर्सने छैनन् भन्ने मेरो विशेष आग्रह छ । विश्वास छ ।
स्थानीय सरकार र सेनाको एकीकृत प्रयासको रुपमा हामीले ऐतिहासिक सम्पदा, सिन्धुलीगढीमा निर्माण सुरु भएको युद्ध संग्रहालय, सिन्धुलीगढीको संरक्षणका लागि सिन्धुलीगढी एकीकृत पदमार्ग परियोजनालगायतका काम सुरु भएका छन् । प्रथम सिन्धुलीगढी अन्तर्र्रािष्ट्रय पद यात्रा, मकवानपुरगढीदेखि हरिहरपुरगढी हँुदै उदयपुरगढीसम्म इतिहास स्मृति पदमार्ग, भावी योजनामा रहेका छन् । हामी यो गौरवपूर्ण सिन्धुलीगढीमा अरु कार्यक्रम पनि गर्दैजानेछौं ।