काठमाडौं । जुत्ता प्रहार भोगेका झलनाथ प्रधानमन्त्री बने, फागुन १८ गतेभरतमोहन स्मृति सभामा प्रचण्डमाथि जुत्ता हानियो, अव उनी पनि प्रधानमन्त्री बन्छन्, समाजमा यस्ै हल्ला छ । राजनीति कहाँ पुगेछ ?
प्रचण्ड भाषण गरेर रोष्ट्रमबाट फर्कदै थिए, जुत्ता प्रहार गरियो, जुत्ता हान्ने युवा थिए– जुम्लाका मुन तिरुवाका छोरा रतन तिरुवा । तत्काल उनलाई प्रहरीले क¥यापझ्याप पा¥यो । प्रहरीले बयान लिएपछि थाहा भयो, उनी पनि माओवादी कार्यकर्ता नै रहेछन् । उनका पिता मोहन तिरुवालाई जनयुद्धका बेलामा मारिएको रहेछ ।
तर प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दगुर्दै गएर पक्राउ परेका तिरुवाको फिलामा लात्तै लात्ताले गोदे, टे«ेड युनियनका भोला पोखरेलले पनि आफूलाई रोक्न सकेनन् र तिरुवालाई मोवाइलले कुटे । पक्राउ परिसकेका व्यक्तिलाई कानुनी कारवाही गर्नदिने कि भौतिक कारवाहीमै उत्रने ? यो सब दृश्य प्रचण्डका सामुन्ने भएको थियो, प्रचण्डले नकुट भनेजस्तो देखियो, तर उनका सहयोगीहरुले पक्राउ परेका तिरुवालाई भकुर्न छाडेनन् ।
तत्काल नेकपा जुम्लाले वक्तव्य निकाल्यो– तिरुवा हाम्रो होइन, विप्लवका कार्यकर्ता हुन् । उनीमाथि कडा कारवाही हुनुपर्छ । यो वक्तव्यले नेकपाको हैसियत प्रष्ट पार्छ । विप्लवमाथि नेकपाको दृष्टिकोण पनि उजागर गर्छ । आफ्नो भए नरम नीति र विप्लवको भएकाले दमन गर्न मिल्ने रहेछ । यसअघि २०६९ मंसिरमा पदम कुवरले थप्पड हानेका थिए, रतन तिरुवाले जुत्ता हाने ।
रतनले प्रहरी
लाई वयान दिएका छन्– प्रचण्डले बर्ग संघर्षको भाषण छाँटेको चित्त बुझेन, जुत्ता हाने । यस घटनाले प्रचण्डलाई गम्भीर बनाएको छ । विश्लेषकहरु भन्छन्– यो आक्रोशमात्र हो कि आगो हो ?
हुन पनि १३ वर्षदेखि जनयुद्धकालीन मुद्दाको छिनोफानो भएको छैन । पीडितहरु न्याय माँगिरहेका छन् र न्याय दिने व्यवस्था गर्न बनेको बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगमा राजनीति भइरहेको छ । राजनीतिक भागबण्डामा नियुक्ती भएका छन् । तिनले मानवाधिकारको मापदण्डअनुसार काम गर्लान् र पीडकलाई सजाय होला र पीडितले न्याय पाउलान् भनेर भन्न सकिने स्थिति क्षिण बन्दै गएको छ ।


