Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

माननीय नै दाइजो देखाउछन्

१९ सोमबार , फाल्गुण २०७६६ बर्ष अगाडि

काठमाडौं । माननीय, मन्त्री नै सम्पत्ति दाइजोको रुपमा देखाउँछन्, कसरी दाइजो प्रथा उन्मूलन हुन्छ ? संसदमा सांसद विन्दा पाण्डेले दाइजो लगायतका कुरीति रोक्न पेस गरेको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले सम्पत्ति विवरणमा दाइजो उल्लेख गर्ने सांसदहरुले यस विषयमा चुप बस्न, नबोल्न आग्रह गर्दै दाइजो प्रथाको हटाउने हो भने यसको सुरुआत सांसदहरुबाटै हुनुपर्ने माँग गर्नुभएको छ । उहाँले भन्नुभयो–
सम्पत्ति विवरणमा हामी माननीय आफैं दाइजो भनेर लेख्छौं । सम्पत्ति विवरणमा दाइजो भनेर लेख्ने अनि यसलाई उन्मूलन गर्न जानुपर्छ भनेर कसरी उन्मूलन गर्न सक्छौं ? अनि दाइजो कुप्रथा हो रे । निर्मूल पारौं भनेर ठूलो कुरा गरेर केही पनि हुँदैन । संविधानमा लेखेरमात्र के हुन्छ ?
    यसरी संसदमा महिलाले नै दाइजोबारे प्रस्ताव अघि सारेर नैतिक प्रश्न उठाइसकेको अवस्थामा पनि कुनै पुरुष सांसदले यो अभियानमा साथ दिन्छौं, कुरीति हटाऔं भन्न सकेनन् ।