Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकी राष्ट्रपति दिल्लीबाट नेपाल हेर्छन

१२ सोमबार , फाल्गुण २०७६५ बर्ष अगाडि

काठमाडौं । २ वर्षअघि राष्ट्रसंघको ७३औं साधारणसभामा पुगेका प्रधानमन्त्री केपी ओलीले १ मिनेट पाएका थिए अमेरिकी राष्ट्रपति ट्रम्पको दर्शन गर्न । यत्ति फोटो सेसनका लागि नेपालका प्रधानमन्त्रीहरु लालायित हुन्छन् ।
तिनै राष्ट्रपति ट्रम्प दिल्ली आएका छन् । भारतका प्रधानमन्त्री मोदीको जम्मु काश्मिर मिलाएपछि त्यसलाई मान्यता दिलाउन, संसारकै ठूलो क्रिकेट मैदान उद्घाटन गराउन र दुई ठूला प्रजातन्त्रवादी मुलुकवीच निकट सम्बन्ध बनाउने प्रयासको कूटनीतिक चाल पनि हो यो ।
नेपाल देश छ र ? भनेर कुनै दिन गिज्याएका ट्रम्पले कि गिज्याए भन्ने अहिलेसम्म नेपाली नेताहरुले भेउ पाउन सकेका छैनन् । विश्वशक्तिका लागि आज नेपाल प्राथमिकतामा छ र दिल्लीबाट राष्ट्रपति ट्रम्पले नेपाललाई पनि हेर्नेछन्, नेपालमा के भइरहेको छ भन्ने विषयमा उनलाई ब्रिफिङ भइसकेको हुनुपर्छ ।
भारत हिड्नु अघि मोदीको प्रशंसा र उत्साह जाहेर गरेर साइत जुराएका ट्रम्पले नेपालको पनि भ्रमण गर्नसक्थे । तर, नेपालको राजनीति यति दुर्गन्धित छ कि उनले नेपाल आउनै पर्दैन, सक्षम उनका राजदूत बेरीले नै डिल गरिरहेका छन् । मोदी उनका असल मित्र हुन् भने ओली किन असल मित्र हुनसकेनन्, नेपालीजनको चासो त्यत्तिमात्र हो ।