Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देश त लोकतान्त्रिक केक भयो

१२ सोमबार , फाल्गुण २०७६६ बर्ष अगाडि

काठमाडौं । आफ्नो जन्मदिन मनाउन देशको नक्सै काटेर खाने ? यो कुन प्रकारको जन्मदिवस हो ? नेपालको इतिहासमा न भूतो न भविष्यति, राष्ट्रवादको नाममा चुनाव जितेका प्रधानमन्त्री केपी ओलीले नेकपाको नाकै काटिदिए ।
तेह्रथुमको आठराईमा पुगेका प्रधानमन्त्रीका लागि विशेष प्रकारले नेपालको नक्सासहितको केक हेलिकोप्टर चार्टर गरेर पु¥याइयो । त्यो केकलाई कोटेर प्रम ओलीले खाए, खुवाए । देशको नक्सा काटेर खाने खुवाउने कस्तो राष्ट्रवाद ? त्यसो त कम्युनिष्टको सिमाना हुँदैन भनिन्छ, ओली त बुर्जुवा कम्युनिष्ट न हुन्, भ्रष्टाचारमा डामिएका, नैतिकता गुमाएका, जन्मदिन जुन तरिकाले मनाए उनले, उनेका यो चरित्रले तमाम नेकपाको शीर निहुरिएको हुनुपर्छ । नेपालको नक्सा काट्दा ओलीको हात कामेको देखिएन । उनी र नेकपाका नेता, कार्यकर्ताहरु झन खुशी भएको पो देखियो । यो देखेर जनताको मुटु काम्यो, जनतलो लज्जाबोध गरेको देखियो ।
पञ्चायतकालमा वृषबहादुर रावल भन्ने प्रधानपञ्च थिए । उनी बाहिर जाँदा वा फर्कदा बिदा दिन्थे । प्रधानमन्त्रीले आफ्नो जन्मदिनमा आठराई गाउँपालिकामा बिदा दिए । कसो नेपालभरि बिदा भनेर फर्मान जारी गरिदिएनन् ?
प्रधानमन्त्री यसरी बदनाम होलान् भन्ने कसैले ठानेका थिएनन् । एक त नियुक्ती सरुवा, बढुवामा लेनदेन, भागबण्डा, व्यभिचार गर्दै आएका थिए, त्यसमाथि महरा र विष्णु पौडेललाई बचाएर ठूलै करतव देखाएकै हुन्, अव साह्रै मनपरेका घरकुरुवा पाले पुर्वमन्त्री गोकुल बास्कोटाको भारी उनको काँधमा आएको छ ।
अव त जनजनमा कुरा उठ्न थाल्यो– नेकपाभित्र विवेक भन्ने छैन कि कसो ?
देश काटेर खाने सरकारविरुद्ध जनतामा आक्रोश फैलिन थालेको देखिन्छ ।