काठमाडौं । नेकपाका नेता विप्लवले प्रधानमन्त्री केपी ओलीका असली चेला ७० करोड भ्रष्टाचार काण्डमा जाकिएका छन् । यो काण्डमा प्रधानमन्त्री जिम्मेवार छन्, प्रधानमन्त्री नै भ्रष्टाचारी हुन् । भ्रष्टाचार गर्ने मन्त्रीलाई ढाकछोप गर्ने, बचाउन खोज्ने प्रधानमन्त्री अभिषाप हुन् । यो भ्रष्टाचार काण्डमा प्रधानमन्त्री संलग्न छन् । यो भ्रष्टाचार काण्डमा छानबिन हुनुपर्छ ।
विप्लवले बिज्ञप्ति नै निकालेर ओली सरकारलाई भ्रष्ट र भ्रष्टाचारीहरुको समूह बताएका छन् । कडा शव्दमा भ्रष्टाचारको भण्डाफोर गर्दै छानबिन हुनुपर्ने माँग अघि सारेपछि अन्य दल र नागरिक समाजमासमेत सरकारको भ्रष्टाचारको बिरोध हुनथालेको छ । ओलीका कारणले नेकपाले साख गुमाउन पुगेको छ । नेकपाका कार्यकताहरु लाजले भुतुक्क भएर भन्न थालेका छन्– कसरी नेकपा हुँ भन्ने खोई ?


