काठमाडौं । वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्ने र मनोनितले पनि प्रधानमन्त्री बन्नसक्ने प्रावधानसहितको संविधान संशोधन गर्ने ? नेकपाभित्र यही लोकतान्त्रिक बहस अघि बढेको छ । वामदेव गौतम चुनाव हारेका पात्र हुन्, उनलाई राष्ट्रिय सभामा मनोनित हुन नारायणकाजीलाई जस्तै लज्जाबोध हुनसकेन ।
वामदेव अहिले पनि भनिरहेका छन्, संविधान संशोधनको सुनिश्चितता गर, म राष्ट्रियसभामा मनोनित हुन तैयार छु । यही विषयमा भएको राष्ट्रपतिसँगको छलफलमा मनोनित गर्ने मतो मिलेको छ, यसको अर्थ भावी प्रधानमन्त्रीका उमेदवार वामदेव गौतम हुन् ।
ओलीको उत्तराधिकारी म हुन्छु भनेर बसेका ईश्वर पोखरेलको मुख सुकेको छ । ओलीपछि मै हुँ भन्ने दाउपेच खेलिरहेका प्रचण्डको मुहार कालोनिलो हुनथालेको छ । त्यसो त प्रचण्ड नेपाली राजनीतिका नामी खेलाडी हुन्, किङपिन हुन्, उनको नजर नेकपाको अध्यक्षमा टिकेको छ र वातावरण बनाएर राष्ट्रपति पद्धतिमा जाने र आफै कार्यकारी राष्ट्रपति हुने उनको योजना बुझ्न त्यति गाह्रो छैन ।
प्रचण्डका लागि सबैभन्दा ठूलो समस्या अमेरिकी एमसीसी परियोजना हो । अमेरिका पसेपछि कहीँबाट खाली हात फर्केको इतिहास छैन । यसकारण एमसीसी पास गर्ने कि नगर्ने भन्ने ठूलै टनक टनक परेको छ प्रचण्डलाई । प्रचण्डका जनयुद्धकालीन सहयोगी अग्नि सापकोटा सभामुख बनेका छन् र प्रचण्डको इसारा कुरेर बसेका छन् । संसदमा दर्ता भइसकेको एमसीसी प्रस्ताव टेबुल गर्ने कि नगर्ने नेकपा प्रचण्ड निर्णयमा पुगेका छैनन् । उनी एमसीसी बाइबल होइन संशोधन हुन नसक्ने पनि भनिरहेका छन्, नेपालको हितमा संशोधन गरेर पारित गर्नुपर्छ पनि भनिरहेका छन् । प्रधानमन्त्री संसदमा टेबुल हुनासाथ पारित हुन्छ भन्ने रटान लगाइरहेकै छन् । अमेरिकाले नेकपाको नाकमा एमसीसीको नत्थी लगाएर भात खाउँ कि थाल खाउँ बनाइदिएको छ । कार्यदलले समेत यथास्थितिमा पारित हुनसक्दैन भनेपछि अमेरिका थप लविङ मात्र गरिरहेको छैन, सम्बन्धलाई समेत प्रभाव पार्ने भनेर कूटनीतिक जोल्ट दिइरहेको छ ।
एकातिर प्रचण्ड र ओलीको भाले भिडन्त, अर्कोतिर अमेरिकाको एमसीसी प्रस्ताव । नेकपाका कार्यकर्ताहरु भन्न थालेका छन्– चुनाव हारेकालाई प्रधानमन्त्री ? यो त पार्टी पुर्ने खाल्डो अरुले होइन, स्वयम नेकपाले खन्न थाल्यो ।
नेपालको कम्युनिष्ट सरकारका लागि एमसीसी एम्बुस हो । ऐतिहासिक रुपमा सरकारमा त पुग्यो, जनताले विश्वास पनि गरे तर नेकपा नेपालको लागि सराप बन्ने वातावरण बन्न थालेको छ ।
माओवादी र एमाले एकता त भयो, भावनात्मक एकता हुन नसक्दै गुटबाजी र शक्ति संघर्षले चरम रुप लिदा एमाले दुर्घटना निम्त्याउँदैछ


