Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एमसीसी अव पास हुन्छ

०५ सोमबार , फाल्गुण २०७६६ बर्ष अगाडि

एमसीसी कार्यदल ओली–प्रचण्डको पछि लाग्दैन भनेर झलनाथ कुर्लिएका छन् । उनले कार्यदलको निष्कर्ष नै अन्तिम हुने दावी पनि गरेका छन् । सरकार चुकेको, सुशासन हराएको र भ्रष्टाचार बढेको आरोप पनि लगाए ।
उता संसदमा प्रधानमन्त्री ओलीले छिटै एमसीसी संसदबाट पास हुने कुरा शनिवार बताएका छन् । टोली सदस्य भीम रावलले अध्ययन हुँदैछ, बुझिसकेको छैन भनेको विषयलाई लिएर प्रम ओलीले बुझेकै छैन भने किन बिरोध गरेको त भनेर प्रतिप्रश्न गर्दै सभामुखले टेबुल गर्नासाथ यो प्रस्ताव पास हुने बताउँदा संसदमा नेकपाका सांसदहरुले टेबुल ठटाएर समर्थन जनाएको देखियो ।
अमेरिकी अनुदान कार्यक्रम एमसीसीका विषयमा प्रतिपक्षी मौन छ, ससाना दलीय नेताहरु कराएका छन् र सडकमा बिरोधका स्वर पनि गुञ्जिएको छ । तर सरकार र प्रतिपक्ष एकमत रहेकाले नेकपाभित्रैको बिरोधको स्वरले पारित गर्न नरोकिने देखिन्छ । मुख्य सवाल सभामुखको छ, सभामुख प्रचण्डका मान्छे हुन् ।