Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सप्तरी हो कि मक्का मदिना ?

०५ सोमबार , फाल्गुण २०७६६ बर्ष अगाडि

सप्तरीको बोदे बर्साइन नगरको जाँजरस्थित खड्ग नदी किनारमा मुस्लिम समुदायको जनसागर उर्लिएको छ । १ लाख सवारी साधनमा १५ लाखभन्दा बढीको उपस्थितिमा प्रार्थना भयो । नेपालको इतिहासमै सबैभन्दा ठूलो मुस्लिम भेला हो यो । मोहमद इब्राहिम भन्थै थिए– मुस्लिम धार्मिक सभा हो । भारतबाट मुस्लिम समुदाय ओसार्न २ दर्जन निशुल्क बस सेवा चलाइएको रहेछ । विशाल टेण्टमा मानिस अटाएनन्, खुला चउरमै पनि मुस्लिम समुदाय प्रार्थना गरिरहेका भेटिए । सभास्थलमा बालबालिका र महिला निषेध गरिएको थियो । भारतमात्र होइन, पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्ड मुलुकबाट समेत मुस्लिम आउन थालेपछि गृहले रोक्न आदेश दिएको थियो । प्रधानमन्त्रीले  नरोक्न भनेपछि 
मुस्लिम सभा सञ्चालन हुनसकेको थियो । मुश्लिम आयोगका अध्यक्ष समीम अन्सारीका अनुसार यहाँ भाषण भएन, प्रवचनमात्र भउको छ । प्रवचन दिन दिल्लीबाट हजरत मौलाना साद साहेब नै आएका थिए । साद साहेब जमात विश्वका अध्यक्ष पनि हुन् ।  उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि यो भेला प्रवचनमा सहभागिता रह्यो । नेपालमा यति ठूलो मुस्लिम प्रवचन किन गरियो ? मुस्लिम धार्मिक सभामात्र हो कि यो प्रवचनको अरु उद्देश्य पनि छ ? यसबारेमा ठूलै चर्चा परिचर्चा चलिरहेको सुनिन्छ । तर, अहिलेसम्म नेपाली मुस्लिम समुदायले हिन्दुको बिरोध गरेको सुनिदैन । नेपालमा धार्मिक दङ्गा फैलाएका छैनन्, यो प्रशंसनीय पक्ष हो ।