दुई वर्षको जाँच दिइयो, नम्बर चाहियो भन्नुहुन्छ प्रधानमन्त्री ।
देशका विभिन्न भागमा घुमे जनता सन्तुष्ट छैनन् भन्नुहुन्छ प्रचण्ड ।
काठमाडौं । अझ कान्तिपुर कन्क्लेभमार्फत नेकपा अध्यक्ष प्रचण्डले भनेका छन्– देशले अझै गति लिएको छैन । सरकारसँग जनता असन्तुष्ट छन् । एउटै पार्टीका दुई अध्यक्षको बिबादास्पद अभिव्यक्तिपछि नेकपाभित्र तुवाँलो बाक्लिदै गएको देखिन्छ । ओली ख्याती बढेको आत्मरतीमा छन् कि प्रचण्ड ओलीलाई असफल भयौ भन्न चाहिरहेका छन्, नेकपाका नेताहरु नै द्विविधामा छन् । यो द्विविधा एमसीसी मामिलामा अझ गहिरिएको छ । केन्द्रीय समितिमा टुङ्नि नसकेर झाङ्गिएको एमसीसी परियोजनाबारे झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवालीको समितिले यो एउटामात्र होइन, अनेकन सम्झौता भएका रहेछन्, अध्ययन हुँदैछ भनिरहदा प्रधानमन्त्रीले संसदमै उभिएर भनिदिए– एमसीसी पास हुन्छ, यसै संसदबाट पास हुन्छ ।
यसैवीच पूर्व प्रधानसेनापति गौरवशमशेर राणा अगाडि आएका छन् र भनेका छन्– एमसीसी पारित हुन सकेन भने नेपाल ५० वर्ष पछि धकेलिनेछ ।


