Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

स्वर्ग घुम्नुपरे नेपाल आउनुस्

१३ सोमबार , माघ २०७६७ बर्ष अगाडि

शर्मिला स्याङ्तान तामाङ– 
काभ्रे रोशी गाउँपालिका निवासी पर्वतारोही शर्मिला स्याङ्तान तामाङ बर्ष २८ ्, पर्वतारोहण क्षेत्रमा दशक देखि संलग्न रहिआएको र हालसम्म महिला सशक्तिकरण र पर्यटन विकास र पर्वतारोहण क्षेत्रमा महिलाको सहभागिता भन्ने नारा लिइ विश्वकै सर्वोच्च शिखर सगरमाथा, मनास्लु, रसियामा रहेको युरोपकै अग्लो इलब्रुस हिमाल लगायत आधा दर्जन बढी हिमालको सफल आरोहण गरिसकेकी छिन् ।
शर्मिला स्याङतान ब् कतभउ या धयmबल अबल अबचचथ तजभ धयचमि भन्ने नारा बोकेर विश्वभर रहेका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने तयारीमा गर्दैछिन् । यो उद्देश्य हासिल गर्न यिनले ८ हजार मिटर भन्दा अग्लो उच्च शिखर सगरमाथा र मनास्लु बाहेकका १२ हिमालको आरोहण गर्नुपर्ने हुन्छ ।
शर्मिला भन्छिन्– पर्वतारोहणको मुख्य उद्देश्य पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा महिलाको सहभागिता गराइ आत्मनिर्भर बनाउनु हो ।  कमजोर छैनन् महिला, छोरी गौरव हुन् भन्ने हौसला सञ्चार गर्ने लक्ष्य पनि छ । हिमाल आरोहण महिला सशक्तिकरण र मानव बेचबिखन अन्त्य गर्ने अभियानमा पनि लक्षित रहेको छ । पर्वतारोहण सँगै समग्र राष्ट्रको प्रतिष्ठालाई विश्वव्यापी बढाउन , नेपाललाई चिनाउन र पर्यटन क्षेत्रबाटै  सामाजिक कुसंस्कार र कुरितीको अन्त्य गर्न प्रेरित गर्दै विश्वभर सकारात्मक सन्देश पु¥याउनन खोजेकी हुँ । मलाई साथ दिनोस्, सहयोग दिनोस् । व्यक्ति, संघसंस्था र सरकारसँग मेरो अपेक्षा यही छ । नेपालको समृद्धिको सपना बोकेकी नेपाली महिलाको साथ किन नदिने ?