Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काठमाडौंमा भेट हुनसक्छ

१३ सोमबार , माघ २०७६७ बर्ष अगाडि

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानको भेट काठमाडौंमा भयो र भारत पाकिस्तानवीचको शान्तिवार्ता नेपालबाटै सुरु हुनसक्यो भने यो नेपालको लागि उपलव्धिको विषय हुनेछ ।
नेपाल सगरमाथा संवादको कार्यक्रम आयोजना गर्दैछ । यो अवसरमा भारत र पाकिस्तानका प्रधानमन्त्री नेपाल आउनसक्ने सम्भाबना बढेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । सगरमाथा संवाद फोरममा यी दुई प्रधानमन्त्री आमने सामने हुन पुगे भने दक्षिण एसिया र विश्व शान्तिकै लागि एकपल्ट फेरि नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने अवसर जुट्न सक्छ । परराष्ट्रले भारतका प्रधानमन्त्रीलाई निम्तो पठाइसकेका छन्, स्वयम् प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । सार्वजनिक नभए पनि यस्तै निम्तो पाकिस्तानका प्रधानमन्त्रीलाई पनि पठाइएको छ । नेपालको यही निम्तो काश्मीर मामिलाले युद्धको स्थितिमा पुगेका दुई मुलुकवीच शान्तिवार्ता सुरु हुनसक्छ ।
परराष्ट्र स्रोत भन्छ– सगरमाथा संवादका माध्यमबाट नेपाल भ्रमण वर्षको विश्वव्यापी प्रचार गर्ने योजना छ । यसैकारण नेपालले सगरमाथा संवादमा छिमेकी राष्ट्रहरु, दक्षिण एसियाली मुलुकहरु, बिमिस्टेकका सदस्यहरु, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापु मुलुकहलाई सहभागिताका लागि प्रधानमन्त्री र राष्ट्रपति स्तरबाटै आमन्त्रण गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आपसी सम्बन्ध, मानव जातिको भविष्य, पर्वतीय वातावरण, जलवायु परिवर्तन र नेपाल भ्रमण वर्षको प्रचार गर्नसमेत सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागेको जानकारी पत्रकारहरुलाई गराइसकेको छ । नेपालमा यस्तो संवाद पहिलोपल्ट हुनलागेको हो । यो संवाद व्यापक प्रभाविलो हुने चासो भनेकै भारत र पाकिस्तानका प्रधानमन्त्री आमनेसामने हुनसक्ने स्थिति हो ।