काठमाडौं । एउटी सक्षम महिलालाई नेकपाले यति ठूलो सडाको निकालेर संसदको उपसभामुखबाट बाहिर निकाल्न खोज्यो कि नेकपाले महिलाको सम्मान गर्छ भन्ने कुरा फेरि हावादारी शिद्ध हुनपुगेका छ ।
अष्ट लक्ष्मी शाक्य, सम्मानित महिला ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तैयार थिइन, उनीमाथि राष्ट्रपति र प्रधानमन्त्री नै लागेर डोरमणिका लागि वातावरण बनाइयो र हराइयो ।
अव डा.शिवमाया तम्वाहाङ्फेलाई अपमान गर्नकै लागि संविधानलाई समेत कुल्चेर दुई अध्यक्षवीच सहमति हुनपुगेृको छ । यो आफैमा बिधिको शासनविरोधी कार्य पनि हो । संविधानमा उच्च नैतिकता, चरित्रवान, क्षमतावान र कुनै अभियोग नलागेको स्पष्ट लेखिएको छ । सहमति भएका पात्र अग्नि सापकोटामा सबैगुण भए पनि अदालतमा उनका विरुद्ध ज्यानमारा मुद्दा विचाराधीन रहेकाले उनलाई सभामुख बनाइनु आफैमा संविधानको बर्खिलाप हो ।
प्रचण्डजस्ता जनयुद्धमा महिला छापामारको उपयोग गरेर सत्ता राजनीतिको किङपिन बनेका व्यक्तिले समेत महिलाविरुद्ध र आफ्ना निकटलाई सभामुख बनाउन जुन कृत्य गरेको देखियो, त्यो पनि आलोचनायुक्त रहेको छ । राष्ट्रपति महिला बनाइयो भनेर जति फुइँकी हाँके पनि प्रधानमन्त्री केपी ओलीको महिलासम्मान आफन्तजनमा मात्र रहेछ भन्ने पनि प्रमाणित हुनपुगेको छ । अव कुनै पनि महिलाले योग्यताअनुसारको राज्यको निर्णायक तहमा पुग्ने विश्वास नगरे पनि भयो ।


