Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेकपाभित्र तरवार र घ्यू बेचुवा

२१ सोमबार , पौष २०७६७ बर्ष अगाडि

काठमाडौं । नेकपाभित्र घ्यू बेचुवा र तरवार बेचुवा राजनीतिले प्रश्रय पाएपछि भोलिका दिनमा को बलियो बन्ने भन्ने खेल सुरु भएको छ ।
जतिसुकै एकता भएको भने पनि ग्राउण्ड र शीर्ष स्तरमा एकता हुन नसकेको कुरा सभामुखको चयन गर्न नसक्नु र सभामुखमा दुई अध्यक्षको तानातानले स्तमासा देखाएको छ ।
ओलीलाई सुभाष नेम्वाङ नै चाहिने र प्रचण्डलाई अग्नि सापकोटा नभए नहुने भागबण्डा खोजेपछि यसको प्रभाव राष्ट्रिय सभाको निर्वाचनमा समेत परेको छ । वामदेव गौतमले प्रधानमन्त्री बन्न दिने हो भने उमेदवार हुन्छु, नत्र हुन्न भनेर फन्किएपछि यही मौकामा चौका हान्दै प्रचण्डले आफ्ना विश्वास पात्र नारायणकाजी श्रेष्ठ जो गोरखाबाट डा.बाबुराम भट्टराईसँग हारेका थिए, उनैलाई राष्ट्रियसभाका लागि उमेदवार बनाउन सफल भएका छन् ।
अव प्रचण्डको दाउ हुनेछ पार्टीको कार्यकारी अध्यक्ष र भावी प्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई ग्रुम गर्नु । साह्रै दह्रा मानिएका पार्टी अध्यक्ष केपी ओलीले ईश्वर पोखरेललाई उत्तराधिकारी बनाउन खोजे पनि त्यो सम्भव नहुने वातावरण बन्दै गएको छ । यसमा प्रचण्डको परिपक्व राजनीतिले एमाले र माओवादी एकीकृत भए पनि सुरुमा माओवादी एमालेमा विलय भयो भनियो, भोलि भोलि एमाले माओवादीमा विलय भएको परिदृश्य देखिने अनुमान छ ।
ईश्वर पोखरेल गुटले हिजैदेखि अव नारायणकाजी प्रधानमन्त्री भनेर झ्याइँ झ्याइँ पार्न थालिसकेको छ । यो प्रचार एमाले खेमामा हल्लीखल्ली बनाउनु हो, जुन अहिले देखिन थालिसकेको छ ।
त्यसै पनि लिम्पियाधुरा लिपुलेक, कालापानी भारतले खाइदिएपछि राष्ट्रघातीका रुपमा देखिदै गएको ओली क्याम्प भ्रष्टाचार र असामाजिक क्रियाकलापले अलोकप्रिय बन्दै गएको छ, त्यसमाथि सभामुख र राष्ट्रिय सभाको निर्वाचनले नेकपाभित्र ९ रेक्टरको भुकम्प गइरहेको छ ।
मुख्य प्रश्न जनताले अस्वीकृत गरिसकेका नारायणकाजीलाई किन राष्ट्रिय सभामा लैजान लागियो ? के दिन, के खान र कुन प्रयोजनका लागि ? के दुई तिहाइको नेकपाले संविधान संशोधन गरेर संविधानको धारा ७८ को ४ मा उल्लेख भएको चुनाव हारेका व्यक्ति मन्त्री बन्न नपाउने व्यवस्था हटाउने प्रपञ्च त हुँदै छैन । यसो हो भने ओलीको उत्तराधिकारी नारायणकाजी नै हुनेछन्, किनकि उनी ईश्वर पोखरेल लगायत सबैभन्दा माथिल्लो बरियतामा रहनेछन् । ओली प्रम रहे वा नरहेको अवस्थामा नारायणकाजीले बाजी मार्ने पक्का छ । प्रचण्डले थापेको चौका दाउ यही नै हो । स्मरणीय के पनि छ भने केपी ओली केही दिनमै मिर्गाैलाको लामो उपचारका लागि विदेश जाने पक्का छ । त्यो अवस्थामा नारायणकाजी कार्यवाहक अथवा पूरा सरकारको हालीमुहालीमा र प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षमा रहनेछन् । अनि बलियो मानिएको पूर्व एमाले कमजोर माओवादीमा बिलय भएको मानिने छ । अन्यौलग्रस्त बनेका माधव नेपालहरु प्रचण्ड खेमाका निकट छन्, स्वार्थका कारण प्रचण्डलाई सहयोग गर्न सक्नेछन् । प्रचण्ड फेरि किङपिन बन्नेछन् । प्रचण्डलाई थप लाभ एमसीसी प्रस्ताव संसदबाट पारित गरिएपछि त्यसबाट पनि हुने निश्चित छ ।