Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एमसीसी पास गर्ने तैयारी सुरु

१४ सोमबार , पौष २०७६७ बर्ष अगाडि

नेकपाभित्र अमेरिकी एमसीसी परियोजनाका समर्थनमा मन्त्री ईश्वर पोखरेल, वर्षमान पुन, गोकुल बास्कोटा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, महासचिव विष्णु रिमाल, बुद्धिजीवप् पुष्प कडेलहरु देखिएका छन् भने अर्ध समर्थकहरुमा भीम आचार्य, सुरेन्द्रप्रसाद पाण्डे र रघुजी पन्तहरु अगाडि आएका छन् । खुला रुपमा विरोध गर्नेहरुमा प्रमुख सचेतक देवप्रसाद गुरुङ, भीम रावल, लीलामणि पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृकाप्रसाद यादव, मणिचन्द्र थापा, घनश्याम भुसाल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, अष्ठलक्ष्मी शाक्यहरु रहेका छन् ।
प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डवीच मत मिलेजस्तो, नमिलेजस्तो अवस्था कायम छ । यहीकारणले नेकपाको बैठकबाट एमसीसी परियोजना पारित गर्ने निर्णय हुनसकेको छैन । यसैवीच योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले पूरा विश्वासका साथ एउटा अनलाइनमा ‘एमसीसी’ नेपालको हितमै रहेको भन्दै विरोध गर्नेलाई अल्पज्ञानी भनेका छन् ।
प्रधानमन्त्रीले गोप्य वार्ता गरेपछि संसदबाट पारित गराउनु पर्ने अडानमा प्रचण्ड पनि समर्थन गर्न पुगेका छन् ।
यसरी पक्ष विपक्षमा बहस चलिरहदा इण्डो प्यासिफिक स्ट्राटेजीकै अं हो अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना भनेर अमेरिकी दूतावासका राजनीतिक काउन्सिलरले भनिदिएपछि एमसीसी सम्झौता सम्बन्धी विधेयक संसदबाट पारित हुन्छ कि हुन्न ? चर्चा चर्कैछ ।
अस्ती आइतबारको बालुवाटारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी नेपालको हितमा भएकाले जसरी पनि त्यसलाई पास गर्नु पर्ने निर्देशन दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सहमति जनाएका थिए । अव अध्यक्ष तथा प्रधानमन्त्रीको आदेश पालना गर्ने कि सांसद पद धरापमा पार्ने, नेकपाभित्र ठूलै रडाको मच्चिएको छ ।
स्थायी कमिटी बैठकले एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिका अंग भएको नभएको पुष्टि गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो, अमेरिकी दूतावासले नै अंग भएको पुष्टि गििदएको छ । यति हुँदा पनि दुबै पार्टी अधयक्ष के कति कारणले एमसीसीको पक्षमा उभिएका हुन् भन्ने प्रश्न भीम रावलहरुको रहेको छ । तथापि प्रम ओलीको एमसीसी नेपालको इतमा भएकोमा कुनै दुविधा छैन भनेर पास गर्ने पक्षको निर्देशनले नेकपाभित्र वातावरण बन्दै गएको देखिन्छ ।
एमसीसीका शर्तहरु संविधान विरोधी, परराष्ट्रनीतिविरोधी रहकोले जस्ताको तस्तै पास गर्न नहुने भनिरहेका बरिष्ठ नेता माधवकुमार नेपालको मौनताप्रति अचम्म मानिएको छ ।
कडा रुपमा प्रस्तुत भइरहेका भीम रावल, युवराज ज्ञवाली, रघुजी पन्त, देव गुरुङ, देवेन्द्र पौडेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायत सदस्यहरुले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग भए स्वीकार गर्दा त्यो राष्ट्रघात हुने भनिरहेका छन् । तर तिनको आवाज पनि मत्थर हुनथालिसकेको छ ।
स्वतन्त्र विश्लेषकहरु अनेक कोणबाट विश्लेषण गरिरहेका छन् र नेकपाका दुवै अध्यक्षको मन मिलिसकेपछि कुनै माइकालालले एमसीसी पारित हुनबाट रोक्न नसक्ने बताउँछन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत सच्याएर पारित गर्न सकिने भन्दै थिए, अहिले
 उनी पनि साग गलेजसरी गलिसकेको देखिन्छ । उनी अमेरिकी सरकारको पत्र नआई स्थिति स्पष्ट हुन्न भनेर किनारा लागेका छन् । मन्त्रीत्रय प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, ईश्वर पोखरेल अझै पनि एमसीसी इण्डोप्यासिफि रणनीतिको अंग होइन भनने भ्रम छर्दै पास गरिन्छ, पास हुन्छ भनेर वकालत गरिरहेका छन् । अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इन्डोप्यासिफिक रणनीतिको अंग भएको र त्यो लागु भए नेपालकै हित हुने प्रष्ट पारिसक्दा पनि भ्रम छर्ने किन ? अचम्म छ । नेकपाभित्र जनतालई ढाँटेको किन होला ? भनेर भित्रभित्रै बहस पनि चलिरहेको छ । यता परराष्ट्र सचिव शंकरदास बैरागी केही बोल्न चाहदेनन् ।
चुरो कुरो के हो भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि एमसीसी विधेयक संसदबाट पारित गर्नु पर्ने अडान राखेकोले एमसीसी प्रधानमन्त्रीले भनेझैं संसदबाट पारित हुनेछ ।