Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कांग्रेस बचाउन तीन कोइराला तैयार

१४ सोमबार , पौष २०७६७ बर्ष अगाडि

काठमाडौं । शेरबहादुर देउवा रहिरहे गुट, उपगुट रहिरहने र नेपाली कांग्रेस झन झन कमजोर हुने निष्कर्षसहित महामन्त्री शशांक कोइरालाले देउवालाई सभापतिबाट फाल्ने घोषणा गरेका छन् । यही घोषणासँगै वीपीवादी, गिरिजावादीमात्र मात्र होइन, कांग्रेस बचाउनु पर्छ भन्ने प्रभावशाली नेताहरुमेत शशांकको पक्षमा देखिएका छन् ।
महत्वपूर्ण कुरा डा.शेखर कोइराला र सुजाता कोइरालासमेत शशांकको अभियानमा चोचोमोचो मिलाउनुले अव नेपाली कांग्रेस जिवन्त हुने धेरैको विश्लेषण सुरु भएको छ ।
त्यसै पनि रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले देउवालाई थाल खाउँ कि भात खाउँ बनाएर अधिनायकत्व चलाउन खोजेको आरोप लगाइरहेका छन् भने यही बेलामा शशांकको ब्लोले सभापति देउवा रन्थमोलमा परेका छन् ।
शशांकको पछिल्लो अभिव्यक्ति छ– शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा राखिरहनु पार्टी र देशकै लागि ठूलो घाटा हुने बताएका छन् । उनले यही कुरा नेपाली रेडियो नेटवर्कबाट भनेका छन्– पार्टी सभापतिका रुपमा सम्मान गर्दागर्दै पनि देउवा नेपाली कांग्रेस पार्टीको सभापति हुन सकेनन् । उहाँ गुटको मात्र सभापति भएको र यस्तो सभापति नेपाली कांग्रेसका लागि आवश्यक छैन, अव पार्टीको सभापति चाहिन्छ । अब देउवासंँग कुनैपनि विषयमा एकता गर्न सकिन्न । महाधिवेशनकै माध्यमबाट देउवालाई हटाएर कांग्रेसमा एकता ल्याउनुपर्छ ।
डा.शशांकले गाउँगाउँमा रहेका कार्यकर्तालाई पार्टी