Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

यी चार किन आउदैछन् नेपाल

१४ सोमबार , पौष २०७६७ बर्ष अगाडि

काठमाडौं । चैत २० देखि २२ गतेसम्म नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गर्ने तैयारी थालेको छ । यही कार्यक्रममा सहभागी गर्न निम्तो दिएकोमा रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, टाइटानिक फिल्म अभिनेता डी क्याप्रियो, नोबेल शान्ति पुरस्कारको नाममा समेत परेकी चर्चित युवती थनवर्ग र अलिबाबाका संस्थापक ज्याक मालाई नेपाल आउने भएका हुन् । निम्तो पाएर पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले आउने नआउने केही बताएका छैनन् । यो कार्यक्रम किन ? यस बारेमा परराष्ट्रस्रोत भन्छ– नेपालप्रति विश्वको ध्यान आकर्षित गर्न जलवायु परिवर्तन, पर्वतीय वातावरण र अर्थतन्त्र शीर्षकमा संवाद कार्यक्रम गरिनेछ । यो कार्यक्रम डबलु डब्लु एफको सहकार्यसमेत रहने बताइन्छ । 
तर कूटनीतिभित्र कूटनीतिक चाल बुझ्ने विश्लेषकहरु भन्छन्– यत्तिका लागि रुसका राष्ट्रपति नेपाल आउन लागेका होइनन् । यो कार्यक्रमभित्र युरेनियमसम्मको आकर्षण रहेको छ । यो कार्यक्रमको अवधिमा भित्री संवाद अरु नै हुनेछन् ।